दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फर्की फर्की’ बोलको म्यूजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ९ गते, सोमबार १५:४६

काठमाडौँ – म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार यूट्युबमा सार्वजनिक भएको ‘फर्की फर्की’ बोलको गीतले दुईको प्रेमभाव बोल्छ । गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ । गीतमा गायक रावल स्वयंले संगीत भरेका छन् ।फिल्मी शैलीमा तयार पारिएको गीतको शब्द मिलन विष्टले सिर्जेका हुन् । गीतको भिडियोको निर्देशन र कोरियोग्राफी राहुल स्वयंले गरेका हुन् । भिडियो निकै आकर्षक बनेको छ । राहुलको कोरियोग्राफी प्रशंसनिय छ । गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।चार वटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेको छ । कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन् । गीतलाई दर्शक श्रोतालाई मन पर्नेमा गायक रावल विश्वस्त छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु