प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रकाश खालिङको संयोजकत्वमा सोलुखुम्बु–काठमाडौँ पत्रकार समाज गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ९, सोमबार १८:०१

काठमाडौँ ९ भदौ – सोलुखुम्बुबाट काठमाडौँमा आई पत्रकारिता गर्नेहरुबीच अन्तरसंवन्ध कायम राख्ने उद्देश्य सहित सोलुखुम्बु–काठमाडौँ पत्रकार समाज गठन गरिएको छ । प्रकाश खालिङको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

काठमाडौँमा कार्यरत मध्य अधिकतम पत्रकारहरुको सहभागीतामा सोलुखुम्बुको विकास निर्माण र सुशासन कायम राख्न सहयोग पुग्ने प्रकारको समाचार सम्प्रेषण र पत्रकारहरुलाई थप थप उत्तरदायी बनाउन स्वतन्त्र संगठनको निर्माण गरेको तर्दथ समितिका संयोजक प्रकाश खालिङले जानकारी दिए ।

समिति सदस्यमा सोलुखम्बुमै कार्यरत भोजराज कार्की, काठमाडौँमा कार्यरत बुद्धबीर बाहिङ, विक्रम श्रेष्ठ, मदन राई, तेज किराँती, डोमा शेर्पा रहेका छन् ।

कुनै राजनितिक दल वा विचार भन्दा निक्कै पर रहेर स्वतन्त्र रुपमा समितिको गठन गरिएको संयोजक खालिङको भनाई छ । उनले भने, ‘यो विशुद्ध सोलुखुम्बुमा पत्रकारिता गरिरहेका र सोलुखुम्बुबाट काठमाडौँमा आई पत्रकारिता गरिरहेकाहरुबीच समन्वय र जिल्लाप्रति थप उत्तरदायी बन्न गरिएको प्रयास हो ।’

तदर्थ समितिले भेलाको आयोजना गरी समाज संग सरोकार राख्ने पत्रकारहरुको उपस्थीतिमा कार्यसमिति चयन गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु