• ड्रिमगर्ल”को “धागला लागली” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार १९:४१

    काठमाडौं ।नायक आयुष्मान खुर्राना स्टार र बलिउड फिल्म “ड्रिमगर्ल”को “धागला लागली” बोलको गीत सार्वजनिक भएको छ । मिट ब्रोज , मिका सिंह र जातिका ताङग्रीको स्वर रहेको उक्त गीतमा कुमारको शब्द रहेको छ भने मिट ब्रोजको नै संगीत रहेको छ । सार्वजनिक गीतमा नायक आयुष्मान खुर्राना , रितेश देशमुक र नुस्सातलाई फिर्चड गरिएको छ । एक उत्सवको परिवेश प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा आयुष्मान , रितेश र नुस्सातलाई डान्सिङ मुडमा देख्न सकिन्छ ।
    फिल्ममा राज सन्दालियाको निर्देशन रहेको छ । फिल्ममा आयुष्मान खुर्राना ,अन्नु कपुर र नुशरत बरूचाको मूख्य अभिनय रहेको छ । फिल्म सेप्टेम्बर १३ बाट रिलिज हुँदै छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु