• फिल्म “छ माया छपक्कै” को अफिसियल पोष्टर सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार १९:५४

    काठमाडौं । फिल्म “छ माया छपक्कै” को अफिसियल पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार केदार घिमिरे, दिपक राज गिरी, जितु नेपाल र नायिका केकी अधिकारीलाई फिचर्ड गरिएको छ । फरक शैलीमा रहेको पोस्टरमा सबै कलाकारलाई खुशी हुँदै केहि हेरीरहेको देख्न सकिन्छ । डोको र घुम देखाइएको उक्त पोस्टरमा गाउँले परिवेश प्रस्तुत गरिएको छ ।

    केदार घिमिरे, दिपक राज गिरी र जितु नेपाललाई डोको माथि अढेस लागेको देख्न सकिन्छ भने नायिका केकी अधिकारीले बर्खामा वा खेती पाती गर्दा प्रयोग हुने घुम ओढेकी छिन् । फिल्ममा दीपक राज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल र दिपाश्री निरौला लगायत कलाकारहरुको अभिनय रहने छ । नायक दीपकराज गिरी र नायिका केकी अधिकारीले पहिलो पटक यस फिल्मबाट जोडी बाँध्न लागेका हुन् ।
    फिल्मले करिब ४० वर्ष उमेर अन्तर रहेको जोडीको कथा भन्ने छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् । फिल्म घामपानी निर्देशन गरेका निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । फिल्ममा हरी हुमागाईंको छायांकन रहने छ । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छन् । फिल्मको रिलिज मिति तय भएको छैन ।
    (फिल्मी फण्डा बाट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु