दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेसियल हाउस तीज महत्सोव २०७६ आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ११ गते, बुधबार ९:०५

काठमाडौ ।फेसियल हाउसले संस्कृत जोगाउन फेसियल हाउस तीज महत्सोव २०७६ आयोजना सम्पन्न गरेको छ । विभिन्न ब्यवसायमा सम्मलगनता भएका महिलाहरु बाक्लो उपस्थीति रहेको कार्यक्रममा अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ’शिव पार्वती’को रुपमा सम्मान समेत गरेको छ ।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा महिला चेम्बर कि अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सम्मान प्रदान गरिएको हो । नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर(शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संघ्या दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।कार्यक्रम मा शभामुख कृष्ण बहादुर महराको धर्मपत्नी सिता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मान गरियो । महिला सशक्तिकरण्का लागी लोकतान्तृक आन्दोलनमा समेत सामेल भएकी उनलाई सोही कार्यको कदर गर्दै अवाड प्रदान गरिएको हो ।
सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८,१९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामान सहित आर्थिक सहयोग समेत प्रदान गरियो । प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग रकम रु २५,००० (पच्चिस हजार) प्रदान गरेकी हुन् ।
उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ’तीज आयो’को भिडियो विमोचन समेत गरिएको थियो । भिडियो विमोचन पश्चात गायिका निरौलाले आफ्नो प्रस्तुती राखेकी थिइन् ।

कार्यक्रममा फेसियला हाउस कै आयोजना रहेको ‘तीज फोटो कन्टेस्ट’का बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । फोटो कन्टेस्टमा मनिशा ओझा प्रथम, रन्जु थापा द्वितिय र पुजा देवकोटा तृतिय भएका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु