ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

अन्तर्राष्ट्रिय साँस्कृतिक आदान–प्रदान कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपको शानदार सहभागिता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ११, बुधबार १८:३२

काठमाडौं, ११ भदाै ।
विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले फ्रान्सको मोन्त्रेजेऔ र स्वीट्जरल्याण्डको फ्रिबोउर्गमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । सातसयभन्दा बढी कलाकारहरूले भाग लिएको साँस्कृतिक मेलामा नेपालसहित विश्वका १६ राष्ट्रका १८ समूह सहभागी भएका थिए । मेला फ्रान्सको मोन्त्रेजेऔमा गत अगस्त १४ तारिखदेखि १७ तारिखसम्म र स्वीट्जरल्याण्डको फ्रिबोउर्गमा अगस्त १७ तारिखदेखि २६ तारिखसम्म चलेको थियो ।नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइरालाको नेतृत्वमा सहभागी हुन त्यतर्फ गएको टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन तथा वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन रहेकोे थियो । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, काल भैरब, बज्रपानी, लाखे, सोरठीलगायत दर्जनांै नृत्यहरू प्रस्तुत गरिएका थिए ।मेलामा एभरेष्ट नेपाल कल्चरल गु्रपका प्रमुख आरसी कोइराला, निर्देशक सितल आचार्य, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, वरिष्ठ गायक दुर्गा रायमाझी, नृत्यतर्फ रुपिन डङ्गोल, शम्भु शाही, कृष्ण रेउले, नृपध्वोज खत्री, उत्तम शर्मा, सुदनमान मुनिकार, प्रमिला रिजाल, अनिता अधिकारी, दावा लामा (दक्षिण), श्रृजना आले मगर, लक्ष्मी रानाभाट, शान्ती कार्की, सङ्गिनी मगर, बाद्यबादन तथा गायक गायिका तर्फ वरिष्ठ बाँसुरीबादक रामबहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोक गायक रामप्रसाद पाण्डे, गायिका रिता बुढाथोकी भुजेल, मन्जु रायमाझी आदि उत्साहपूर्वक सहभागी भएका थिए ।सोही अवसरमा गु्रपका निर्देशक सितल आचार्यले फ्रान्स र स्वीट्जरल्याण्डका सम्बन्धित नगरपालिका प्रमुखहरू, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएकी थिइन् ।कतिपय राष्ट्रका नागरिकलाई सगरमाथा (एभरेष्ट) को नाम थाह भए पनि यो कहाँ र कुन देशमा पर्छ भन्ने थाहा नभइरहेको अवस्थामा यस्ता साँस्कृतिक कार्यक्रमको आदान प्रदानले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै नेपाल बुद्धको जन्मभूमि हो भनेर जानकारी दिनसमेत मद्दत पुग्ने एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइरालाले बताए । उनले साँस्कृतिक कार्यक्रमको प्रभाव जनस्तरसम्म पुग्ने र यस्ता कार्यक्रमलाई सरकारले पनि प्रबद्र्धन गर्नुपर्ने तर नेपाल सरकारको तर्फबाट प्रोत्साहन नहुँदानहुँदै पनि निजीस्तरबाट साँस्कृतिक राजदूतका रूपमा भए पनि मुलुक चिनाउने कार्यमा अलिकति भए पनि योगदान गर्न पाएकोमा गर्व लाग्नेगरेकोे बताए । उनले भविष्यमा पनि यस्ता साँस्कृतिक आदान प्रदानका कार्यक्रमहरू भइरहने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु