दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिजको अवसरमा ललितपुरमा महिला हिँसा बारेमा अन्तर्क्रिया कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ११ गते, बुधबार २०:३३

ललितपुर, ११ भाद्र – तिजको अवसरमा ललितपुर ०५ नम्बर वडाले महिला हिँसा सम्बन्धी चेतनामुलक अन्तर्क्रिया कार्यक्रमआयोजना गरेको छ । आज मानभवन स्थित क्रीस्टल पार्टी प्यालेसमा आयोजित अन्तर्क्रिया कार्यक्रम माझ ललितपुर महानगरपालिकाकी महिला विकास अधिक्रित महेश्वरी बस्नेतले महिला हिँसा बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । पूर्व मन्त्री तथा साम्सद पम्फा भुसालको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री सुशिला नेपाल, प्रदेश साम्सद राजकाजी महर्जन, ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, सामाजिक विकास समितिका सम्योजक दिनेश कार्की नेकपाका जिल्ला अध्यक्ष हरिक्रिश्ण ब्यन्जनकार, स्थानिय जनप्रतिनिधी, कर्मचारी, वडावासी आदीको ऊपस्थिती रहेको थियो ।

सो अवसर माझ पूर्व मन्त्री भुसालले तिज पारिवारिक मिलन र सामाजिक एकताको उत्सव भएको बताउदै बदलिदो परिस्थिती माझ तीजलाई महिला सशक्तिकरणका लागि उपयोग गर्नु पर्ने धारणा राखिन । उनले महिलाहरु राजनीतिक रुपमा अधिकार सम्पन्न रहेता पनि तुलनात्मक हिसाबले आर्थिक र सामाजिक अधिकारबाट बन्चित रहदै आएको खुलाशा समेत गरिन ।

कार्यक्रममा ललितपुर ०५ नम्बर वडाका अध्य क्ष विकासमान श्रेष्ठले महिला हिँसाबाट टोल र समाजलाई मुक्त गराउने संकल्पका साथ वडाले नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर महिला हिँसा सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना गरेको बताउदै महिलाहरुले अवसर पाएको खण्डमा जस्ता सुकै चुनौती पनि सामना गर्न सक्ने हैसियत राख्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु