दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

प्रजातान्त्रिक विचार भएका सबै एक ठाउँमा उभिन जरूरी छ -कृष्ण बहादुर राउत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १२, बिहीबार २२:१२

सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका ०४ नम्बर वडामा जन्मिनु भई हाल टोखा नगरपालिका वडा नम्बर ०८,बाँनियाटारमा बस्दै आउनु भएका कृष्ण बहादुर राउत राष्टिय प्रजातन्त्र पार्टि (रा.प्र.पा.) संयुक्तका केन्द्रिय सदस्य, राउत सेवा समाज नेपालको केन्द्रिय उपाध्यक्ष र नेपाल साम्बो महासंघका उपमहासचिव हुनुहुन्छ । वहाँ सँग न्युजलाइन्स नेपाल डटकम ले गरेको राजनैतिक सवालमा कुराकानी

नेपालको विकासका लागि के गर्नुपर्ला ?

देशलाई सिङगापुर जस्तै बनाउने हो भने प्रजातान्त्रिक विचार भएका सबै एक ठाउमा उभिन जरूरी छ । यसका लागि आम नेपाली जनता सबै मिल्नुपर्छ,तब मात्र देश विकासको बाटोमा अगाडी लम्कन्छ ।

धर्म सम्प्रदायको बिषयमा यहाँको धारणा ?

देशमा सबै जात जाती मिलेर बस्न पर्छ ।आ आफ्नो धर्म सस्कृती आफु खुशी मनाउन पाउनुपर्छ । यसमा कसैको दबाब हुनुहुदैन । यो नै मानब स्वतन्त्रता हो । हामी हरेक धर्म र सम्प्रदायलाई माया गर्छौ । यधपी नेपालमा सदियौ देखी सनातन धर्म,परम्परा मान्दै आइएको पृष्‍ठभुमीमा हामीले हिन्दू धर्मलाई राष्ट्रिय हितमा किन नलगाउने भन्ने हाम्रो भनाइ हो ।

भने पछी यहाँहरु हिन्दू राज्यको पक्षमा हुनुहुन्छ ?

हो, हाम्रो लाईन नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने नै हो । यद्यपी जनमत संग्रहबाट यसको बिषयमा छिनोफानो गरिनुपर्छ भन्ने मेरो ब्यक्तिगत धारणा छ ।

तपाईं राजतन्त्रको पक्ष कि विपक्षमा ?

हेर्नुस्, राजतन्त्र भनेको नेपालको मियो थियो । पृथ्बीनारायण शाहले एकिकरणको थालनी गरेको यो देशमा शाह वंशले जनताको मन जित्दै आएकै थियो । यद्यपी परिवेशले नेपालको राजतन्त्रलाई जटिल मोडमा पुर्यायो । देशमा गणतन्त्र आयो । अब सवाल गणतन्त्रबाट जनता संतुष्ट छन कि छैनन भन्ने हो । अहिले जनताले धेरै राजा बन्न खोजे भन्दै आएका छन । त्यो आवाजलाई हामीले स्पेश दिन जरुरी छ भन्ने मलाई लाग्छ ।

के विभक्त राप्रपा एक बन्ला र एजेण्डामा सहमति होला ?

अबस्य दुई राप्रपालाई एक बनाउन सकिन्छ । गृहकार्य भई नै रहेको छ । अब युवा बिद्यार्थी सबै मिलेर ठुला नेता हरूलाई दवाब दिन थालेका छन । यो समयको माग हो । भदौ१९ र २० मा हुने केन्द्रिय समितीको बैठक पछि पार्टीले गति लिनेछ भन्नेमा विश्वस्त रहन म सबैमा आग्रह गर्दछु । उक्त बैठकमा हिन्दु राष्ट्र, राज संस्था र आगामी उप निर्बाचनमा सफलता हासिल गर्न कसरी अघि बढने भन्ने बारेमा ब्यापक छलफल हुनेछ । हामीले तय गर्ने एजेण्डा जनता र देशको पक्षमा हुनेछ । अब हामी एक ढिक्का भएर अघि बढछौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु