दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

म्यानमारको याङुनमा भईरहेको मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्समा सोनु र नबिन प्रतिस्पर्धामा,भोटिङ गर्न सबैमाअपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १२ गते, बिहीबार २२:२२

काठमाडौं – मिस्टर एण्ड मिसटुरिजम एण्ड कल्चर युनिभर्स २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै दमककी सोनु श्रेष्ठ र चितवनका नबिन बिक प्रतिस्पर्धामा उत्रिएका छन । म्यानमारको याङुनमा भई रहेको उक्त ब्युटि प्याजेण्टमा सहभागीता जनाईरहेका उनीहरु २३ अगस्टबाट बन्द प्रशिक्षणमा ब्यस्त रहदै आएका छन । ३१ अगस्टमा सम्पन्न हुने अन्तरराष्ट्रिय स्तरको उक्त प्याजेण्टमा ३२ देशको सहभागीता रहेको छ । यो प्रतियोगिता अन्तर्गत दोस्रो संस्करण हो । यस अघि नेपालमा पहिलो पटक सम्पन्न मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल २०१९ बाट छनौट भई नबिन र सोनुले म्यानन्मारका लागि आफ्नो सिट सुरछित पारेका थिए । उक्त प्याजेण्टको नेपाल आयोजकमा प्लानेट मल्टी मिडिया इन्टरनेशनल रहेको छ ।प्लानेटका सिइओ मोनित महर्जनका अनुसार नेपालका विभिन्न शहरमा गरिएको छनौट चरण पार गरी ६० प्रतिस्पर्धी मध्यबाट नबिन र सोनु अन्तरराष्ट्रिय मंचमा पुगेका हुन ।प्रतिस्पर्धा अन्तर्गत हाल च्वाईस पोलका लागि अनलाईन भोटिङ सुरु भएको र मिस्टर तथा मिस क्याटेगोरीका लागि प्रतिस्पर्धी र देशको नाम अंकित गरी भोटिङ खुला भएको पनि उनले जानकारी दिए । शनिबार ३१ अगस्ट, ४ बजे सम्मका लागि भोटिङ खुला रहेको बताउदै उनले सबैलाई भोटिङका लागि अपिल समेत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु