• जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डल र रास्ट्रपति बिच शिष्टाचार भेट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार १९:१९

    काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज शिष्टाचार भेट भएको छ।
    त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो ।
    परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु