काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसदबाट पास भएको विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
दुवै सदनबाट पास भएको जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ लाई प्रमाणिकरण गर्नुभएको हो ।
राष्ट्रपति भण्डालीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयको सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।