तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

रक्तदान तथा रगत व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १४, शनिबार ०७:४४

काठमाडौं – रक्तदान तथा रगत व्यवस्थापन सरल, सुरक्षित, छिटो र मितव्ययी बनाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्यले टिम ब्लडपलद्वारा ‘रक्तदान: महत्त्व र व्यक्तिगत भुमिका’ विषयक आधारभुत तालिम आयोजना गरिएको थियो। काठमाण्डौँको शान्तिनगर स्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा रक्तदानको महत्व, विधि तथा रगत व्यवस्थापनमा आइपर्ने चुनौती र समाधानबारे नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसंचार सेवा केन्द्रका प्रशासनिक अधिकारी श्री राम श्रेष्ठद्वारा जानकारी प्रदान गरिएको थियो । साथै, टिम ब्लडपलबाट दैनिक रुपमा रगत व्यवस्थापन लागि विभिन्न क्रियाकलाप गर्दा आउने परिस्थिति उजागर गर्दै त्यसको तयारीको निमित्त आवश्यक प्रशिक्षण पनि प्रदान गरिएको थियो।
“रगत ब्यबस्थापन धेरै चुनौतीपुर्ण कार्य हो, यसमा सिमित जनशक्ति, समय र स्रोत साधनले भ्याएसम्म आफुले सक्दो प्रयास गर्नुपर्छ” कार्यक्रमका प्रशिक्षक श्री राम श्रेष्ठले भन्नुभयो। सोही अवसरमा आकस्मिक अवस्थामा रक्तदाता खोजी अझ छिटो बनाउनका लागि टिम ब्लडपलका आकस्मिक सम्पर्क नम्बरहरु पनि सार्वजनिक गरिएको थियो।
“रगत हामी सबैलाई कुनै पनि समयमा आवश्यक पर्न सक्छ, त्यसैले यसको पुर्वतयारी जरुरी छ। ब्ल्डपलका सदस्य मात्र होइन समाजका हरेक व्यक्तिले आफ्नो सानो भुमिकामात्र पूरा गरेपनि यस क्षेत्रमा धेरै ठूलो परिवर्तन ल्याउन सकिन्छ, अकालको मृत्युबाट धेरैको जीवन बचाउन सकिन्छ,” ब्लडपलका प्रमुख संयोजक सुशन कर्माचार्यले जोड दिए।
” जीवन रक्षा निम्ति एक्यवद्धता” भन्ने नाराका साथ सक्रिय टिम ब्लडपलले विगत साढे दुई वर्ष देखि दैनिक रगत आवश्यकता पुर्ती गर्न दान, प्रोत्साहन र सम्मान सम्बन्धी विभिन्न क्रियाकलापहरु गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु