• अन्वीसाको मोडलिङ मोह(फोटो फिचर सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार १२:४४

    काठमाडौं ।अन्वीसा खड्की हालसालैबाट मोललिङ क्षेत्रमा सुनिएको नाम हो । म्यूजिक भिडियो, फिल्म तथा विज्ञापनबाट धेरैको दिवाना बन्न चाहने अन्वीसाले फोटो प्रतियोगितामा भाग लिएर मोडलिङ क्षेत्रको करियर सूरु गरेकी हुन् । हालै फोटोसुट गराएकी उनी छोटो समयमै सामाजीक सञ्जालमा धेरैको नजरमा परेकी छिन् ।
    साढे ५ ईन्च उचाई भएकी उनको आकर्षक फिगरले नै धेरैलाई मनमोहक बनाउँछ । मोडलिङ, ¥याम्प तथा ‘फेसन शो’ कार्यक्रममा सहभागी भईरहेकी उनलाई म्यूजिक भिडियोमा अभिनय गर्न समेत अफर नआएको होइन् । तर गीत भिडियोको कथा र स्क्रिप्ट हेरेर मात्र काम गर्ने मनसाय रहेको अन्वीसा बताउँछिन् ।
    विभिन्न प्रशिक्षण लिएर मोडलिङमा प्रबेश गरेकी उनले भविष्यमा राम्रो कलाकार बन्ने लक्ष्य लिएकी छिन् । सानैदेखि नृत्य तथा अभिनयको शौख रहेकाले त्यो पुरा गर्न पनि मोडलिङका लागेको अन्वीसाको भनाई छ । काठमाडौ रातोपुल निवासी उनी मोडलिङ संगसंगै सामाजीक काम गर्न समेत रुचाउँछिन् । बुबा समाजसेवामा क्रियाशील रहेकाले आफूमा पनि त्यो चाहना रहेको उनको भनाई छ ।
    मोडलिङमै क्यारिअर बनाएर स्थापित हुने सपना बोकेकी अन्वीसा यहि क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउने चाहना राखेकी छिन् । उनी भन्छिन । ‘मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु