एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

डेंगुबाट संक्रमित विरामीहरुको निःशुल्क उपचार गर्छौं, सेना परिचालन गर्ने कुरा छैन् : मन्त्री यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १४ गते, शनिबार १५:२५

काठमाडौं, १४ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । उनले भने,‘यसको उपचारको लागि सरकार पूर्व तयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँपनि उपचारको लागि पैसा लाग्दैन् । यसबाट कसैको पनि मृत्यु हुँदैन् ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राज्यमन्त्री यादवले पछिल्लो समय मुलुकमा डेंगुको समस्या विकराल भएको सुनाए । आफूहरुले यसबाट बच्नको लागि अभियान नै चलाएको पनि उनको भनाई छ । उनले भने,‘यसको लागि हामीले प्रत्येक प्रदेशलाई ८० लाख रुपैयाँ र गाउँपालिकाहरुलाई दश लाख दिएका थियौं ।’
उनले लार्भाहरुबाट डेंगुको संक्रमण हुने गरेको सुनाए । उनले भने,‘यसले टाईडर मस्क्युटो बनाउँछ ।’ डेंगु नियन्त्रणको लागि नेपाली सेना प्रयोग गर्ने कुरा नभएको पनि मन्त्री यादवले स्पष्ट पारे । डेंगुबाट प्रभावितहरुलाई काठमाडौंको टेकु अस्पतालमा ३२ जनालाई निःशुल्क उपचार गरिएको पनि उनले जनाए ।

फरक प्रसँगमा मन्त्री यादवले मुलुकमा संघीयता कार्यान्वयनको चरणमा रहेपनि अहिलेसम्म तीन चरणका सरकारबीच कुनै सहकार्य नदेखिएको गुनासो पोखे । उनले भने,‘अहिले तीन तहबीच जसरी सहकायर्ए हुनुपर्दथ्यो, त्यो भएको देखिएन् ।’

यद्धपी उनले पछिल्लो समय मुलुकमा आईपरेका विभिन्न प्राकृतिक विपदमा भने प्रान्तबाट राम्रो काम भएको सुनाए । उनले भने,‘बाढी, पहिरो र डुबानकै कुरा गर्दापनि विपतिमा स्थानीय तहबाट पनि राम्रो तदारुकता देखाईएको थियो । विगत वर्षमा विपतिको बेलामा केन्द्रबाट निर्णय लिँदा ढिलाई हुन्थ्यो, तर यो वर्ष त्यस्तो भएन् ।’ उनले २ नम्बर प्रदेशमा भ्रष्टाचार भयो भनेर बाहिर टिप्पणी भैरहेको सुनाउँदै अझैपनि प्रदेशले कर्मचारी नपाएको गुनासो पोखे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु