भदौ १४ काठमाडौ । समाजका महिलावर्गलाईआर्थिकरुपमा सशक्त बनाउने लक्ष्य सहित वडामा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले खोलिएको विकास र समृद्धिको लागि महिला नामक संस्था बालुवाटार ले हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरिएको छ ।आज काठमाडौ आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै सामुदायिक सेवा केन्द्र टुँडालदेबी का अध्यक्ष तथा समाजसेवी राम प्रसाद न्याैपानेले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो“तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो ।
मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पु-याउन मद्दतपु-याएकोे बताउनुभयो । तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उहाँले निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गर्नुभयो । भन्नुभयो,“चित्त शुद्धि भएमा काया पनि स्वतः शुद्धि हुन्छ ।
संस्थाको अध्यक्ष साबित्री खनाल ले सम्पूर्ण महिला दिदीबहिनीहरुलाई एक ठाउँमा जम्मा भई तीजको शुभकामना आदान प्रदान गर्ने मौका मिलोस भनेर कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा संस्था को सचिब अम्बिका पौडेल ले तिजको महत्व र विशेषता र कार्यक्रम को बारेमा जानकारी गराउदै निकै छोटो समयमा कार्यक्रम तय भए पनि धेरैको उपस्थिती रहेको भन्दै खुशी व्यक्त गदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने कार्यसमितीका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनु भएको थियोे ।