प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाको अधिवेशनआज हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १५, आईतवार ०७:२०

मलेसिया– गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) मलेसियाको अधिवेशन आज हुँदैछ । मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा आज हुने कार्यक्रममा नवनिर्वाचित हरिप्रसाद भट्टराई नेतृत्वको कार्यसमितिले पदभारग्रहण गर्ने बताइएको छ । कार्यक्रमलाइ सभ्य र भब्य बनाउने तयारीमा मलेसियाका एनआरएनय अभियन्ताहरू तल्लीन रहेको कुरा समेत उनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । मलेसिया नेपालको अर्थतन्त्र धान्ने प्रमुख आधार रेमिट्यान्सको प्रमुख स्रोत मुलुकका रुपमा रहँदै आएको छ । एनआरएनए आइसिसीको नयाँ नेतृत्व चयनको पूर्वसन्ध्यामा हुन लागेको मलेसियाको अधिवेशनमा एनआरएनएका शीर्ष नेतृत्वहरुसमेतको उपस्थित हुँदैछ । जसका लागि एनआरएनए अध्यक्ष भवन भट्ट, एनआरएनएका सल्लाहाकार गोबिन्द सुबेदी, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, सचिब डिबि क्षेत्री, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए अमेरिका संयोजक गौरी जोशी, एनआरएनए आईसीसी सदस्य महेश श्रेष्ठ, मनोज गोर्खालीलगायत मलेसिया आइपुगेका छन् ।एनआरएनए युएसएका पूर्व अध्यक्ष केशव पौडेल, एनआरएनए एसीया प्यसिफिक आरसी किरण थापा, एनआरएनएका पूर्व एसीया प्यासिफिक डीआरसी गोविन्द श्रेष्ठ, एनआरएनए जापानका पूर्व अध्यक्ष ओम गुरूङ, मध्यपूर्व आरसी आरके शर्मा लगायतका पाहुनाहरू मलेसियाको अधिवेसनमा सहभागी एनआरएनए न्यौपानेले बताए । एनआरएर्न मलेसियामा अध्यक्षमा हरि प्रसाद भट्टराईसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको छ । एनआरएनएको आगामी कार्याकाल (सन् २०१९–२०२१) कालागि भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष सुन्दर आले, उपाध्यक्ष ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्ष सुभद्रा लिङ्गदेन, महासचिव हेमराज सापकोटा सचिव रन्जित छेत्री (१), सचिव नेत्र केसी (२), कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजक रबिलाल अधिकारी, आइसिसी सदस्यमा महेन्द्रजंग शाह, टेक टमटालगायत ३३ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको हो ।
निर्वाचित कार्यसमितिको सदस्यहरुमा अनिल कुमार चौधरी, अरुण गिरी, बिनोद बहादुर थापा, बिमल कुमार राना, बिनोद पाण्डे, गोबिन्द साउद, दिल कुमार केरुङ, मच्छिन्द्रनाथ चापागाई, इन्द्रनारायण लिम्बु, कृष्ण बहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोष प्रकाश रिजाल, इन्द्रबहादुर कुँबर, सन्तोष कार्की, केशबकान्त झा, माधबप्रसाद भुषाल, पासाङ लामा र योगेन्द्र कोइराला रहेका छन् । भट्टराईले निर्वा्चित भएसँगै आफुलाई वर्तमान अध्यक्ष खगेन्द्र न्यौपाने, पूर्व अध्यक्ष महेन्द्रजंग शाही, तथा मलेसियाका विभिन्न संघरसंस्थाको सहयोग रहेको बताउँदै धन्यबाद ज्ञापन गरेका थिए । वर्तमान अध्यक्ष न्यौपानले नवनिर्वाचित कार्यसमितिलाई सफलताको कामना गरिसकेका छन् नवनिर्वाचित आइसिसी सदस्य महेन्द्रजंग शाह, टेक टमाटा र अध्यक्ष भट्टराईले आफुहरु कामदारकै हकहितमा कागर्ने बताउँदै एनआएनएमार्फत देशका लागि पनि केहि गर्ने बताए । नवनिर्वाचित अध्यक्ष भट्टराईले सबै संघसंस्था तथा मलेसियामा रहेका नेपालीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।अध्यक्षमा निर्वाचित भट्टराईले १४ बुदेँ प्रतिबद्धता घोषणापत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । घोषणापत्रमा मलेसियामा कार्यरत श्रमिकलाई समस्यामा परे वा नेपाल फर्किनु पर्ने अवस्था आए तिनलाई आर्थिक सहायता प्रदान गर्न श्रमिक कल्याणकारी कोष स्थापना गर्ने, उक्त कोषमा व्यक्तिगत रुपमा ५० हजार रिंगेट हालेर कोषको सुरुवात गर्ने उनले बताएका थिए । यस्तै कोषलाई पारदर्शी ढंगमा संचालन गर्न म बाहेक संस्थामा आवद्द ३ सदस्यीय समिति निर्माण गर्ने र जसमा नेपाली दूतावास मलेसियाले सिफारिस गरेका समस्यामा परेका श्रमिकले पहिलो प्राथमिकतामा सहयोग पाउने उनको घोषणापत्रमा उल्लेख छन् । अध्यक्षमा निर्वा्चित भएको ३ महिना भित्र संघको आफ्नै कार्यालय स्थापना गरेर संघका गतिविधि सबै माझ तत्काल पुग्ने गरि प्रभावकारी सूचना संयन्त्रको विकास गर्ने, संघको विधान वमोजिम विभिन्न उप–समितिहरुको गठन गरि तिनको कार्य्विधि निर्माण गर्ने, कार्य्विधि वमोजिम उप–समितिहरुको कार्य प्रगति अर्धवार्षिक रुपमा आन्तरिक समिक्षा गरि कामलाई चुस्त र प्रभावकारी बनाउने, मलेसियामा कार्यरत सबै संघ संस्थासँग सहकार्य गर्दै ती संस्थाबाट प्राप्त सल्लाह र सुझावलाई ग्रहण गर्दै अघि बढ्ने भन्दै उनले मलेसियाका विभिन्न ५ स्थानमा संगठन विस्तार गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

यसैगरी प्रत्येक महिना मलेसियाका विभिन्न सहरमा संस्थाका गतिविधिबारे र सो स्थानमा कार्यरत श्रमिकका समस्या बारे अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्ने, नेपाल र मलेसियाबीचको दशकौ लामो दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने काम गर्ने, दुई देशको भाषा, संस्कृति र कलाका माध्यमबाट एक अर्कामा जोड्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने र धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन विभिन्न प्रवर्दनात्मक कार्यक्रम संचालन गर्नेलगायत उनको घोषणापत्रमा श्रमिकको हक, हितका लागि नेपाली दूतावास मलेसिया सँग सहकार्य गरेर अघि बढ्ने, ‘श्रमिकको आम्दानी, नेपालमा लगानी’ भन्ने मुल नारालाई अघिसार्दै आईसीसीसँग समन्वय गरि मझौला तथा ठुला उद्योगमा लगानीको वातावरण निर्माणमा पहल गर्ने र ठूला लगानीकर्ताहरुलाई प्रोत्साहित गर्दै ‘एनआरएनए इन्भेस्टमेन्ट फण्ड’ मा लगानी गर्न सहजिकरण गर्ने लगायतका बुदाँ उल्लेख छन् । यस्तै आईसीसीसँगको संवादलाई अझ गतिशील र प्रभावकारी बनाउन संस्थागत र व्यक्तिगत दुवै सम्वन्धको माध्यमबाट भरपुर सहयोग गर्नुको साथै ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन’को निति अवलम्वन गर्दै एनआरएनए मलेसिया सबैको साझा संस्था भन्ने भाव जागृत गराउने, एनआरएनए एनसीसी मलेसियालाई एक गैर नाफामुलक साझा समाजिक संस्थाको रुपमा विकसित गर्दै मलेसियाको कानुन बमोजिम दर्ता गर्न सबैको साथ र सहयोग लिएर अघि बढ्ने उनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु