दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

पहिलो तिज गीतबाट चर्चा बटुल्दै सुश्मा (हेर्नुस् भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १५, आईतवार १२:३६

काठमाडौं, १५ भाद्र – सुश्मा महरा बरिस्ठ सौन्दर्यविद् एबम् सफल सौन्दर्य ब्यवसायी हुन । सिर्जशिलतामा रमाउने स्वभावकी सुश्मा आफुले आर्जन गरेको ज्ञान, शिप र अनुभव अरुका लागि पनि उपयोगी बन्न सकोस भन्ने सोच राख्ने गर्दछिन । विगत दुई दशक देखी सौन्दर्यको क्षेत्रमा सकृय रहदै आउने क्रममा उनी सौन्दर्य सम्बन्धी प्रशिक्षणमा अभ्यस्त रहने र यदाकदा स्तम्भ समेत लेख्ने गर्दै आएकी छिन् । त्यसो त काठमाण्डौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष र काठमाडौं मल ब्यापार संघको अध्यक्षको जिम्मेवारीलाई वहन गर्दै उनले ब्यवसायीहरुको हकहितका निम्ती समेत काम गरेकी छिन् ।

पछील्लो समयमा उनै सुश्मा गीतकार एबम कलाकारको भूमिकामा देखा परेकी छिन् । केही दिन अघि मात्रै फेसियल हाउसले सार्वजनिक गरेको तीज आयो बोलको गीतको म्यूजिक भिडियोले हाल युटुबमा १ लाख भ्युवरशिप पाईसकेको छ । अपलोड भएको छोटो समयमा राम्रो भ्युअरशिप भएको तीज आयोले आम दर्शक एबम श्रोताको मन खिच्दै आएको छ । सुष्माको शब्द,निरज श्रेष्ठको एरेन्ज, मिना निरौलाको संगीत र स्वरमा तयार भएको गीतमा अभिनेत्री निता ढुङ्गानासंगै सुष्मा स्वयमले पनि नृत्य गरेकी छिन् ।

https://www.youtube.com/watch?v=2Sf9l5Po-bQ्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु