मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) मलेसियाको अधिवेशन शुरु भएको छ । मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा अयोजित कार्यक्रमको मलेसियाका नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए अध्यक्ष भवन भट्ट, एनआरएनएका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य तथा एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेले पानसमा दपि बालेर उद्घाटन गरे । कार्यक्रमम नवनिर्वाचित हरिप्रसाद भट्टराई नेतृत्वको कार्यसमितिले पदभारग्रहण गर्नेलगायतका कार्यसूची छन् । एनआरएनए आइसिसीको नयाँ नेतृत्व चयनको पूर्वसन्ध्यामा हुन लागेको मलेसियाको अधिवेशनमा एनआरएनएका शीर्ष नेतृत्वहरुसमेतको उपस्थित रहेको छ ।
कार्यक्रममा एनआरएनए अध्यक्ष भवन भट्ट, एनआरएनएका सल्लाहाकार गोबिन्द सुबेदी, शंकरप्रसाद पौडेल, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, सचिब डिबि क्षेत्री र जानकी गुरुङ्, प्रवक्ता भुषण घिमिरे, युवा संयोजक सुदन थापा एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए ओसेनिया पूर्व संयोजक मन केसी, संयोजकएनआरएनए अमेरिका संयोजक गौरी जोशी, एनआरएनए आईसीसी सदस्य महेश श्रेष्ठ, मनोज गोर्खालीलगायतको उपस्थिती रहेको छ ।यसैगरी कार्यक्रममा एनआरएनए युएसएका पूर्व अध्यक्ष केशव पौडेल, एनआरएनए एसीया प्यसिफिक आरसी किरण थापा, एनआरएनएका पूर्व एसीया प्यासिफिक डीआरसी गोविन्द श्रेष्ठ, आइसिसी सदस्य हेमराज ढकाल(रामु) एनआरएनए जापानका पूर्व अध्यक्ष ओम गुरूङ, मध्यपूर्व आरसी आरके शर्मा, सुदीप कार्की, अष्ट्रेलियाबाट स्वतन्त्रप्रताप शाहलगायतका पाहुनाहरू मलेसियाको अधिवेसनमा सहभागी एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष न्यौपानेले बताए ।
अतिथिहरुले एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदैं निवर्तमान कार्यसमितिलाई सफल कार्यकालको लागि बधाई ज्ञापन गरे । अतिथिहरुले निवर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेको कार्यकाल निकै सफल भएकाृे भन्दै उनको प्रशंसासमेत गरे । न्यौपानेको कार्यकालमा एनआरएनए मलेसियाले नयाँ गति लिएको र एनआरएनए मलेसियाले प्रभावकारी भूमिका निर्वाह गरेको अतिथिहरुको भनाई थियो । कार्यक्रममा अतिथिहरुले आगामी एनआरएनए आइसिसी नेतृत्व चयनको बारेमा चर्चा गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अध्यक्ष भवन भट्टले आफु नेतृत्वमा नरहेपनि एनआरएनए अभियानमा सधै सक्रिय रहेने बताउँदै अझै गर्नुपर्ने कामहरु धेरै रहेको बताए । अध्यक्ष भट्टले सन २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न एनआरएनए लागिपरेको बताउँदै सबैलाई सहयोगको लागि आग्रह गरे ।
एनआरएनए मलेसियामा अध्यक्षमा हरि प्रसाद भट्टराईसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यक्रमलाइ सभ्य र भब्य बनाउने तयारीमा मलेसियाका एनआरएनय अभियन्ताहरू तल्लीन रहेको कुरा समेत एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । मलेसिया नेपालको अर्थतन्त्र धान्ने प्रमुख आधार रेमिट्यान्सको प्रमुख स्रोत मुलुकका रुपमा रहँदै आएको छ ।
एनआरए मलेसियामा अध्यक्षमा हरि प्रसाद भट्टराईसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको छ । एनआरएनएको आगामी कार्याकाल (सन् २०१९–२०२१) कालागि भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष सुन्दर आले, उपाध्यक्ष ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्ष सुभद्रा लिङ्गदेन, महासचिव हेमराज सापकोटा सचिव रन्जित छेत्री (१), सचिव नेत्र केसी (२), कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजक रबिलाल अधिकारी, आइसिसी सदस्यमा महेन्द्रजंग शाह, टेक टमटालगायत ३३ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको हो ।
निर्वाचित कार्यसमितिको सदस्यहरुमा अनिल कुमार चौधरी, अरुण गिरी, बिनोद बहादुर थापा, बिमल कुमार राना, बिनोद पाण्डे, गोबिन्द साउद, दिल कुमार केरुङ, मच्छिन्द्रनाथ चापागाई, इन्द्रनारायण लिम्बु, कृष्ण बहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोष प्रकाश रिजाल, इन्द्रबहादुर कुँबर, सन्तोष कार्की, केशबकान्त झा, माधबप्रसाद भुषाल, पासाङ लामा र योगेन्द्र कोइराला रहेका छन् । भट्टराईले निर्वा्चित भएसँगै आफुलाई वर्तमान अध्यक्ष खगेन्द्र न्यौपाने, पूर्व अध्यक्ष महेन्द्रजंग शाही, तथा मलेसियाका विभिन्न संघरसंस्थाको सहयोग रहेको बताउँदै धन्यबाद ज्ञापन गरेका थिए । वर्तमान अध्यक्ष न्यौपानले नवनिर्वाचित कार्यसमितिलाई सफलताको कामना गरिसकेका छन् नवनिर्वाचित आइसिसी सदस्य महेन्द्रजंग शाह, टेक टमाटा र अध्यक्ष भट्टराईले आफुहरु कामदारकै हकहितमा काम गर्ने बताउँदै एनआएनएमार्फत देशका लागि पनि केहि गर्ने बताए । नवनिर्वाचित अध्यक्ष भट्टराईले सबै संघसंस्था तथा मलेसियामा रहेका नेपालीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।