डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

नेपाल क्लासिक ओपन बडिबिल्डिङ्ग च्याम्पियनशीपको उपाधी रामबहादुर दाहाल लाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १५, आईतवार १४:२६

काठमाडौँ, १५ भाद्र – हेल्पिङ क्याप नामक सामाजिक संस्था क्लव द्वारा आयोजित फस्र्ट नेपाल क्लासिक ओपन बडिबिल्डिङ्ग च्याम्पियनशीपको उपाधी रामबहादुर दाहालले जितेका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित प्रतियोगितामा दाहालले उपाधी उचाल्दा मरिचमान लामा दोस्रो र ललित धिमाल तेस्रो भए ।
प्रतियोगितामा प्रथम, द्धितिय र तुतियलाई क्रमशः रु पाँच लाख, दुई लाख ५० हजार र दुई लाख नगद सहित ताम्रपत्रले सम्मान गरिएको छ । दश खेलाडी अन्तिम प्रतिस्प्रर्धाका लागि छनौट भएकामा ती मध्येबाट आज अन्तिम चरणको प्रतिस्प्रर्धा गरिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै खेल अनुशासित विधा भएको यसका माध्यमबाट देशमा अनुशासित नागरिक उत्पादन गर्नुपर्ने बताए । खेलाडीले गर्ने दुःख र मेहनतले प्राप्त हुने सफलताबाट देशको नाम र शान चम्किने बताउँदै उनले खेल क्षेत्रको विकासका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे । पछिल्लो समय यस क्षेत्रमा भएका प्रगतिले सरकार प्रमुखको भन्दा बढि तलब खेलाडीको हुने गरेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले अब अभिभावकले सन्ततीलाई राम्रो खेलाडी बन्न प्रेरित गर्नुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा सहभागी दशै खेलाडीलाई पुरस्कार र उपहार प्रदान गरिएको थियो । सन्तुलित भोजनको उपयोग गरी खेलाडीले भारयुक्त व्यायाम गरेर आर्जन गरेको मोहक शरीरलाई कलात्मक ढङ्गबाट प्रदर्शन गरिएको थियो ।
शारीरिक सुगठनका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवलाल श्रेष्ठको नेतृत्वमा १० सदस्यीय निर्णायक समितिले खेलाडीको शरीरको संरचना, सौन्दर्य, हिडडुलका चाल लगायतका आधारमा उत्कृष्ट खेलाडी छनौट गरेको हो ।

प्रतियोगितामा प्रथम भएका खेलाडी दाहालले आगामी मंसिरमा संयुक्त अरब ईमिर्ट्समा हुने अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा प्रतिस्प्रर्धा गर्ने र त्यसको खर्च आयोजक संस्थाले व्यहोर्ने कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले जानकारी दिए ।
कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्ति, निर्णायक, सञ्चारकर्मी तथा सहयोगीहरुलाई प्रमुख अतिथिको हातबाट मायाँको चिनो प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु