नवनियुक्त राजदुतले लिए सपथ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार १४:३७

काठमाडौ, १५ भाद्र – बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. नारदनाथ भारद्वाजले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन । राजदुतद्वयले
भदौ १५ गते आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु