काठमाडौँ – चलचित्र ‘पोइ पर्यो काले’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्बजनिक पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ,पूजा शर्मा र सोहित मानन्धर अटाएका छन् ।
कात्तिक ८ गते बाट प्रर्दशनमा आउने चलचित्रमा शिशिर राणाको कथा तथा निर्देशन रहेको छ भने सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य अभिनय रहेको छ । यसबाहेक चलचित्रमा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं कलाकारको अभिनय रहेको छ ।
सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन्। दीपक मनाङे (राजीव गुरुङ),अ.देवी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ र देव तामाङलगायतको निर्माणमा बनेको चलचित्रमा सुवास भुसाल र पुरुषोत्तम लामिछानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य निर्देशन र तारा थापा किम्भेको सम्पादन छ।