काठमाडौँ – ह्याकरको निशानामा परेपछि अधिकांश बैंकले आफ्नो एटिएमहरु बन्द गरेका छन्। शनिबार राति प्रहरीले नबिल बैंकको एटीएमबाट ठूलो रकम निकालिरहेको अवस्थामा ५ जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । घटनापछि इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) मा आवद्ध १५ भन्दा बढी बैंकले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गरेको हो।
ति बैंकहरुले नेप्सले बनाएको सफ्टवेयर प्रयोग गर्दै आएका थिए। नेप्समा सनराइज,प्रभु माछापुच्छ्रे, सिद्धार्थ, सिटिजन, एनआईसी एसिया, बैंक अफ काठमाडौँ, प्राइम, नेपाल बंगलादेश,ग्लोबल आईएमई र जनता बैंक आवद्द छन् । त्यस्तै देव विकास बैंक, ज्योति, ओम, शाइन रेसुंगा, साग्रिला, एक्सेल र लुम्बिनी विकास बैंक पनि यसमा आवद्ध छन् ।