तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

एटीएमबाट पैसा चोर्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १५, आईतवार २०:२०

भदौ १५,काठमाडौं। नेपाल प्रहरीले एटीएमबाट पैसा चोर्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ। उनीहरुलाई शनिबार मध्यरातमा दरबारमार्गस्थिल नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दा प्रहरीले पक्राउ परेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंले आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाहरुमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षीय लु जियालिङ र २९ वर्षीय लिन जिनमिङ छन्। उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन एक हजार १९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका प्रतिनिधिले चिनियाँ ह्याकरले तीनवटा वाणिज्य बैंकबाट १ करोड ६८ लाख ५४ हजार ७२० रुपैयाँ झिकेको जनाएका छन्। नेपाल राष्ट्र बैंकले प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटीएमबाट सो रकम झिकिएको जानकारी दिएको हो। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ५ पटकसम्म एटीएम प्रयोग भएको हुनसक्ने बताएका छन्।

यता, ह्याकरहरुको आक्रमणको खतरा बढेपछि शनिबार रातिदेखि बैंकहरुले एटीएम सेवा बन्द गरेको थियो। बन्द रहेको अधिकांश बैंक तथा वित्तीय संस्थाको एटीएम सेवा सञ्चालनमा आएको छ। प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा आइतवारवाट सञ्चालनमा आएको हो। प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने बताइएको छ।समचार भिजन संसारडटकम मा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु