काठमाडौं –विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफयर्समा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गरेको छ । कुवेतसँग खेल्ने २३ खेलाडीसहित नेपाली टिम आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट अन्तर्गत नेपालले भदौ १९ गते कुवेतसँग खेल्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा चाइनिज ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । एन्फाले बिहीबार कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा नियमित सदस्य तथा कप्तान विराज महर्जन टिममा परेका छैनन् ।कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै मलेसियन क्लबसँग मैत्रीपूर्ण खेलमा टिममा रहेका गोलकिपर एलेन न्यौपाने र विमल राना पनि टिमबाट बाहिरिएका छन् ।