डिएन घिसिङ
नेपालकी मुवाथाई खेलाडी अनिशा खड्काले मिक्स मार्शल आर्टको एमएम फाइटमा बैंककमा स्वर्ण जितेकी छिन। गत शनिबार भएको महाभिडन्त प्रतियोगितामा बैंककमा अभ्यासरत चियांग माई फाइट फिटकि अमेरिकी खेलाडी मेरी डित विनिरिच लाई गत शनिबार राती पराजित गरेकी हुन।३बर्ष देखि थाइल्यान्डमै रहेर अमेरिकी खेलाडी विनिरिच तालिम लिइरहेकी थिइन।
बैंकको इन्स्यानिटी नाइट क्लबमा भएको सो प्रतियोगिता प्रतिद्वन्दी वेनरिकलाई पराजित गर्न खेलको अन्तिम राउन्ड कुर्नु परेको थियो।अनिशाले कोच सेल्सो रोलीम जुनियर, प्रायोजक फेयरटेक्स, परिवार र समर्थकहरूलाई धन्यवाद दिएकी छिन।
अनिशा नेपाली मुआइ थाई किक बक्सिङकि रास्ट्रीय खेलाडी एब अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत दर्जनौं प्रतियोगितामा सहभागी भएर पदक पाईसकेकी निकै खारिएकी खेलाडी हुन।बिगत केही महिना देखि सिङ्गापुर र बैंककमा बिशेष प्रशिक्षणमा रहेकी अनिशाले सर्बाधिक राशिको One Championship सहभागी हुने जानकारी दिएकी छिन।