काङ्ग्रेस बैठकमा आमन्त्रित केन्द्रीय सदस्य पाण्डेद्वारा बिभिन्न प्रस्ताव पेस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार १८:५१

काठमाडौ ।प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस को केन्द्रिय कार्य समितिको बैठकमा केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले आफ्ना प्रस्ताव राख्नुभएको छ ।

प्रस्तावको पूर्ण पाठ
राजनीतिक प्रस्तावको सन्दर्भमा
१ प्रथम चरणको राष्ट्रिय जन जागरणमा देशभरिका पार्टीमा साथीहरुले पहिला पदाधिकारी, वरिष्ट नेता र केन्द्रिय कार्य समिति एकभएर आउने सुझाव दिएकाले बरिष्ठ नेता र सभापतिद्वारा ७ नं प्रदेशमा आमसभा मार्फत एकताको सन्देश र आन्तरिक असहमतिका विषयमा आपसमा बसी टुंगो लगाई पार्टीका विभाग, कार्य सम्पादन समिति, ने.बि.संघको गठन, तरुण दलको पूर्णता र समसामयिक राजनैनिक प्रश्तावमा सरकारद्वारा गरिएका काण्डहरुको भण्डाफोर, महङ्गी, कर आतंक, असुरक्षा, महिला बलात्कृत जस्ता विषयलाई समावेश गर्दै छलफलमा प्रस्तुत गरिएको राजनैतिक प्रस्तावको सहमती गराउनु भएको छ।

भातृ संगठनको सन्दर्भमा
१. सबै भातृ संगठनको विधानमा एकरुपता ल्याउन एउटा कार्यदल बनाइ अध्ययन गरी विधानमा एकरुपता ल्याउने प्रस्ताव केन्द्रिय समितिमा ल्याउने माग पर्ने ।
२.भातृ संगठनहरुलाई नयाँ संरचना बमोजिम विधान तयारपारी सदस्यता वितरण अभियान ६ महिना समय र अधिवेशन गर्नुपर्ने प्रस्ताव
३. नेपाल विद्यार्थी संघको यसै बैठक समापन सँगै सभापतिज्यू र वरिष्ठ नेताद्वारा सहमतिमा कार्य समिति गठन गर्नुपर्ने प्रस्ताव राख्नुभयो ।

नेपाली जनसम्पर्क समितिको सन्दर्भमा

१. पार्टीले विश्वभरिका जन सम्पर्क समितिहरुको विधानमा एकरुपताको लागि कार्यदल गठन गरी विधानमा एकरुपताको प्रस्ताव केन्द्रिय समितिलाई छलफलगरी पारित गर्ने ।
२. नेकाको नयाँ विधान अनुरुप ने.का. कृयाशिल सदस्यता वितरण अभियान र नेका केन्द्रिय कार्यालयले छानबिनगरी स्वीकृत गर्न ६ महिना कम्तिमा ३ महिना अधिवेशनको तयारी गर्नुपर्ने भएकोले म्याद सकिएका जन सम्पर्क समितिलाई १ वर्ष म्याद थपको प्रस्ताव गरेको छन् ।

नेपाली जन सम्पर्कसमिति भारतको सन्दर्भमा

१. भारतका २७४ शाखा र ७ क्षेत्रिय अधिवेशन सम्पन्न गरी भदौ २८–३० को महाधिवेशन गर्न तयार रहेकोले पार्टीले नयाँ संशोधित विधान अनुरुप गर्नुपर्ने भनी रोकेके अवस्थामा भारतभरी कृयाशिल वितरण अभियान गरी पार्टीबाट स्वीकृत गर्ने लगायतको कार्य गर्नुपर्ने भएकोले एक वर्ष म्याद थपको प्रस्ताव राख्नु भयो ।
२. ९ औँ नेपाली काँगे्रसको महाधिवेशन देखि नै नेपालमा जति कृयाशिल सदस्यता शुल्क लाग्छ त्यतीनै व्यवस्थामा भएबमोजिम प्रस्तावित बढाइएको रकम घटाइ नेपालमा जति तय हुन्छ त्यति नै तय गरिदिन अनुरोध गर्नुभएको छ।
वर्तमान सरकार असफल भैसकेको अवस्थामा नेपाली जनताले पार्टीका साथीहरुले ने.का.प्रति भरोसा र आशा राखेकोले लोकतन्त्र, संघियता पे्रषको स्वतन्त्रता, महङ्गी, भ्रष्टाचार, कर आतंक लगायतका विरद्ध दोस्रो जन जागरण कार्यक्रममा जनताको मनछुने र पार्टीलाई उर्जादिनुपर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु