भदौ १७,काठमाडौ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते सम्पन्न हुन लागेको निर्वाचनमा मुख्यगरी दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको नयाँ नेतृत्वका लागि नेकपा निकट संगठनको तर्फबाट कुमार थापा नेतृत्वको प्यानल र काङ्ग्रेस निकट संगठनले खुम सुवेदी नेतृत्वको अर्को प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन। टान निर्वाचनका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी र अञ्जान थापा (कुमार) समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहितको उमेदवारी घोषणा गरेका हुन् ।
खुमबहादुर सुबेदी समुहबाट –
बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा,सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा खोमराज अधिकारी(सन्तोस),सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रबिन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारीले मनोनयन दर्ता गरेका हुन । आज काठमाण्डौको नक्सालमा भएको पत्रकार सम्मेलनमा बोल्दै लोकतान्त्रिक पक्षधरका अध्यक्ष सुबेदीले पदयात्रा व्यावसायीहरुको आवाज बुलन्द पार्ने थलो भनेको टान नै भएकाले यतिबेला टान चौतर्फी घेराबन्दीमा रहेको बताउँदै त्यो घेराबन्दीलाई तोड्नको लागि आफ्नो नेतृत्व अपरीहार्य रहेको बताएका छन । उनले फुटेर होईन जुटेर मात्र समृद्ध टानको सपना पुरा हुने बताए ।
अञ्जन थापा(कुमार) समुहबाट
बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देबकोटा, द्धितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सहकोषाध्यक्षमा प्रदिप पण्डितले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा, र ठाकुर सापकोटाले मनोनयन दर्ता गरेका छन । यसैबिच थापा समुहले एक पत्रकार सम्मेलन गरी यो समुह टानको गति र दिशा दिनको लागि सक्षम र व्यावसायीक टिम रहेको जनाकारी दिएको छ । अध्यक्षको प्रत्यासीका रुपमा रहेका अञ्जन थापा कुमारले १६ बुँदे प्रतिबद्धता प्रश्तुत गर्दै टानलाई गतिशिल, उर्जाशिल र पदयात्रा व्यावसायीको समसामयिक समस्याको समाधानको लागि आफुहरु टान नेतृत्व लिएसँगै दु्रतगतिमा अघि बढ्ने बताए।