यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १८ गते, बुधबार १०:४६

काठमाडौं ।देशैभर सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली) नेपाल नजिकै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

मौसमविद् कँडेलका अनुसार बुधबार केही ठाउँमा केही समय घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । बुधबार राति धेरैजसो ठाउँमा चट्याङसहित पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । पहाडी भूभागमा पहिरो र नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना भएकाले हिँडडुल गर्दा सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भदौ १८ गते बुधबार
दिउँसो : देशभरी सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका थोरै ठाउँमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

राति : देशभर सामान्य बदली रही पश्चिम तथा मध्यका अधिकांश र पूर्वका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका थोरै ठाउँमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

भदौ १९ गते बिहिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमी पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भदौ २० गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रही केही मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमी पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु