ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

टानको महासचिव पदमा उम्मेदवारी दिने म नै पहिलो महिला हुँ : सरिता लामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १८, बुधबार १५:४२

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानको चुनावी माहोल गर्मिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को यही भदौं २० गते सम्पन्न हुन लागेको निर्वाचनमा मुख्यगरी दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको नयाँ नेतृत्वका लागि नेकपा निकट संगठनको तर्फबाट कुमार थापा नेतृत्वको प्यानल र काङ्ग्रेस निकट संगठनले खुम सुवेदी नेतृत्वको अर्को प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन। कुमार थापाको प्यानलबाट महासचिवको उम्मेद्धार सरिता लामा छिन । उनि टानको ईतिहासमै पहिलोपटक महिला महासचिवको रुपमा उठेकी हुन । उनै लामासंग टान निर्वाचन केन्द्रित भएर हामीले कुराकानी गरेका छौँ ।

अहिले टानको निर्वाचन हुँदैछ, तपाईले महासचिवको उम्मेदारी दिनुभएको छ, यो के का लागी ?

म एउटा सफल व्यवसायी भएको कारणले एउटा सफल सस्था पनि हाँक्न सक्छु भन्ने दृढ विश्वासले मैले महासचिव पदमा उम्मेदारी दिएको हुँ । म मेरो अध्यक्षको मेरुदण्ड भएर काम गर्ने छुँ । मेरो कार्यलय कक्षलाई आवश्यक जति जति तथ्याकं छ त्यसलाई अपडेट गर्नलाई मैले महासचिव पदमा उम्मेदार दिएको छुँ । यदि मैले जिते भने मेरो अनुभव र क्षमताले भ्याए सम्मको काम गर्ने छु ।

टानको महासचिव हुनको लागी तपाईको योग्यताबारे बताइदिनुहोस् न ?

२००७ देखि म टानको साधारण सदस्य छु । २०१५ देखि २०१७ सम्म कार्यकारी सदस्य भएर काम गर्दै आएको छु । त्यहाँ भित्र हाम्रो अग्रजहरुले प्रतिपादन गरेका जति पनि राम्रा कामहरु छन त्यसलाई निरन्तरता नदिएर ति काम, योजनाहरु अलपत्र परेका छन । हामीले राम्रा कामहरुलाई त निरन्तता दिनु पर्ने हो नि । अग्रजको योगदानलाई कदर गर्नु पर्ने हो । म पहिलो महिला हुँ जस्ले टानको महासचिव पदमा उम्मेदारी दिएकी छु । २ वर्षको मेरो सफल कार्यकालमा मैले मेरा राम्रोसँग सस्थालाई बुझेकी छु । त्यस अवधीमा मैले मेरो जिम्मेवारी एकदमै सफलता पूर्वक सम्पन्न गरेकि छु ।
टानको आजसम्मको जुनसुकै चुनावमा पनि उम्मेदारी प्यानलमा दिइएको छ, तर नतिजा व्यक्ति हेरिएको जस्तो छ्यासमिस आईरहेको छ । तपाई वामपन्थि प्यानलको भएपनि अन्य समुहलाई पनि समेट्नको लागी तपाईको पहल के हुन्छ ?
चुनावमा २ उम्मेदारी मध्ये एउटा त चुनिन्छ नै । त्यसमा पनि आजसम्म महिलाले गरेका कामहरु स्वस्थ एवम् पारर्दशि छ । यदि मैले पनि जिम्मेवारी पाएको खण्डमा स्वच्छ, सफा एवम् पारदर्शि काम गर्ने छु । म सबैको कुरा सुनेर मात्र काम अगाडि बढाउने छु । हाम्रो पर्यटन क्षेत्रसँग सम्बन्धित सबै कर्मचारीहरुमा काम गर्दा मेरो नभई हाम्रो कामको भावना जाग्रीत होस् । सबै एकजुट भएर काम गर्ने वातावरण सिर्जना होस् भन्ने चाहन्छु ।
आजसम्मको परिप्रेक्ष्यलाई हेर्दा चुनाव हँदा बनाइएका एजेण्डाहरु चुनाव सकिए पछि विस्तारै सेलाउदै गइरहेको देखिन्छ । अबको यो नयाँ नेतृत्वले यसको समाधानको लागी के गर्नेछ ?
अहिले म वामपन्थि प्यानलबाट उम्मेदार दिइ रहेकी छु । दुइ तिहाईको वामपन्थि सरकार छ र मन्त्रि पनि वामपन्थि कै हुनुहुन्छ । यस सस्थामा पनि १०० प्रतिशत नै वामपन्थिको बिजय भएको भए काम गर्न एकदमै सहज हुने थियो । यो राजनितिक परिवर्तन भइरहँदा मन्त्रि पनि परिवर्तन भइ नै रहन्छ । नयाँ मन्त्रिहरुलाई काम कुरा बुझाउनै समय लाग्छ । जसले गर्दा काममा ढिलासुस्ती हुन जान्छ । यसर्थ एउटै नेतृत्व हुँदा काम गर्न पनि सजिलो हुन्छ, एजेण्डा पनि पुरा हुन्छ ।
हामी भिजिट नेपाल २०२० को पुर्वसन्ध्यामा छौँ । आजसम्म जे जस्तो भएपनि अब आउने नेतृत्वप्रति भोटर सदस्यहरु निकै नै आशावादी छन् । उनीहरुलाई के भन्न चाहानुहुन्छ ?
भिजिट नेपाल २०२० त एउटा मास्टर प्लान मात्र हो । हाम्रो देश पर्यटकको लागी सधैँ महत्वपुर्ण स्थल हो र पर्यटकहरुलाई सधैँ स्वागत पनि छ । टान भनेको पर्यटन मन्त्रालयको अभिन्न अंग हो । मन्त्रालयको योजना, कामलाई हामी साधारण सदस्य सम्म पु¥याउछौँ र साधारण सदस्यका इच्छा, गुनासोहरुलाई मन्त्रालय सम्म पु¥याउछौँ । यसर्थ टानले पूलको काम गरिरहेको छ । म लगाएत सम्पुर्ण टिमले भिजिट नेपाल २०२० लाई सफल पार्नेछ, यो कुरामा म ढुक्क छु र सबैलाई ढुक्क हुन अनुरोध गर्दछु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु