रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा डा. अग्रवाल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १९, बिहीबार १२:१७

काठमाण्डौं, १९ भाद्र (-प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानले प्राध्यापक डा. गोविन्द राम अग्रवाललाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो । डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको, स्वदेश र विदेशमा वाणिज्य क्षेत्रलाई बढावा दिएको भन्दै सम्मानपत्र, दोसल्ला र हस्तकलाजन्य मायाको चिनोद्धारा सम्मानित गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा वाणिज्य विषयको कक्षा संचालन गर्न कटिबद्ध रहेका इश्वरीलालको २०७५ मंसिर ४ गते स्वर्गारोहण भएको हो ।
इश्वरीलालको सम्झनामा प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठान स्थापना गरि वाणिज्य दिवसको अवसरमा यस क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गर्न शुरु गरेको इश्वरीलालका सुपुत्र प्रकाश श्रेष्ठले जानकारी दिए ।
उक्त सम्मान कार्यक्रममा विज्ञ केदारभक्तमाथेमा, मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति लगायतको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु