चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

टानको नयाँ नेतृत्वको लागि शुक्रबार निर्वाचन हुँदै, सुवेदी र थापा समुह बिच चुनावी मैदानमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १९, बिहीबार १२:३९

काठमाडौँ– पदयात्रा व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को नयाँ नेतृत्वको लागि शुक्रबार निर्वाचन हुँदैछ ।

टानको आगामी अध्यक्षका लागि आसाही ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक अञ्जन थापा र युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक खुमबहादुर सुवेदी छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

थापा प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्ष प्रकाशचन्द्र देबकोटा, द्वितीय उपाध्यक्ष तेञ्जिङ शेर्पा, महासचिव सरिता लामा, सचिव दामोदर ढकाल, कोषाध्यक्ष टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदीप पाण्डे छन् ।

यसैगरी सदस्यहरुमा रघु पौडेल, निमा डिकी शेर्पा, मिङ्मा शेर्पा, प्रेमबहादुर लामा, सुनिल सिलवाल र कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।

यता, सुवेदी प्यानलबाट बरिष्ठ उपाध्यक्ष नविन त्रिताल, प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, द्वितीय उपाध्यक्ष भरत सापकोटा, महासचिव कर्मा शेर्पा, सचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ छन् ।
सदस्यहरुमा केशवप्रसाद दाहाल, खोमराज अधिकारी, कान्छा शेर्पा, सिम्बिर घले र सोनाम ग्याल्जेन शेर्पा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु