चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

कुवेतसँग नेपाल ७–० ले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २०, शुक्रबार १९:३६

काठमाडौं, २० भदौ । एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत पहिलो खेलमा नै नेपालले कुवेतसँग लज्जास्पद हार बेहोरेको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने खेलका लागि कुवेतको राष्ट्रिय रंगशालामा भएको दोस्रो चरण अन्तर्गत भएको खेलको छैठौँ मिनेटमै कुवेतका तर्फबाट युसुफ अल सलमानले पहिलो गोल गरे । लगतै १३ औँ मिनेटमा फाहाद अल हाजेरीले गोल गरेसँगै कुवेतले पहिलो हाफमा २–० को अग्रता लियो ।

कुवेतका लागि ५० औं मिनेटमा सलमानले नै व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको ९ मिनेटपछि अब्दुल्लाह मावीले गोल गरी ४–० को अग्रता दिलाए । ६७ औं मिनेटमा बदर अल मतवाले पाँचौं गोल गरेका थिए । नेपालले दोस्रो हाफमा ५ गोल खायो ।

७५ औं मिनेटको समयमा खराव प्रकाशका कारण खेल केहिबेर अवरुद्ध भएको थियो । नेपालले अन्तिम २ गोल इन्ज्यूरी समयमा खाएको हो । खेलका क्रममा नेपालको रक्षापंक्ति अनन्त तामाङ र देवेन्द्र तामाङदेखिएका थिए ।

दायाँतर्फ अजित भण्डारी र बायाँतर्फ सुमन अर्याल थिए । कुनै पनि डिफेन्डरले शारीरिक रुपमा बलिया र अग्ला घरेलु स्ट्राइकरहरुलाई रोक्न सकेनन् । खेलभर नेपालले एउटै पनि अवसर पाएन । त्यसको विपरित नियमित कप्तान विराज महर्जनको ठाउँमा पहिलोपल्ट कप्तानी सम्हालिरहेका गोलरक्षक किरण चेम्जोङ भने खेलभर व्यस्त रहे ।

फिफा वरीयतामा नेपालभन्दा १० स्थान माथि (१५६ औं स्थान)मा रहेको कुवेतले नेपाललाई सहजै हरायो । कालिनको नेतृत्वमा नेपालले पहिले खेल कुवेतसँग नै खेलेको थियो । गत चैतमा भएको दुइ मैत्रीपूर्ण खेलमध्ये पहिलो खेल गोलरहित बराबरी र दोस्रो खेलमा १-० को पराजय ब्यहोरेको थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु