तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

टान को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २१, शनिबार ११:१६

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न टानको ४१औं वार्षिक साधारण सभासँगै भएको निर्वाचनबाट अध्यक्षमा सुवेदी विजयी भएका हुन ।

उनले ५ सय २१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अञ्जन थापा (कुमार) ले ४ सय ३८ मतमा प्राप्त गरे । नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् । महासचिवमा भने थापा समुहकी सरिता लामाले १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गरिन । त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भइन ।

त्यस्तै, सदस्यहरुमा थापा समुहबाट ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहबाट सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु