तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २२, आईतवार १३:५१

युएई –नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल निर्वाचित भएका छन् । गत शुक्रबार दुबईमा भएको नेपाली समाज युएईको १४ औं अधिवेशनबाट अर्का अध्यक्ष प्रत्यासी मणि प्रसाद भुर्तेललाई पराजित गराउँदै ढकाल २०१९र२१ कार्यकालको लागि निर्वाचित भएका हुन् । ढकालसँगै उपाध्यक्षहरु कमल गिरि, गणेश न्यौपाने निर्वाचित भएका छ्न् । महासचिवमा बेद प्रसाद अर्याल निर्वाचित भएका हुन् । यसैगरि पार्षद अध्यक्षमा राम मोक्तान, कोषाध्यक्ष दिपक राउत, सदस्यहरु भिम सुनार, नारायण प्रसाद ढकाल र नारायण बहादुर बोहोरा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित भएसागै ढकालले आगामी दिनमा अझै बढी मेहनत र कडा परिश्रम गर्दै निरन्तर सामाजिक सक्रियतामा रहेर यूएईमा रहेका संघ संस्थाहरुसंगको सामुहिक कार्य योजना र निष्ठावान साथीहरूको मद्दत लिएर एउटा नमुना नेपाली समाज बनाउन पहल गर्ने बताए । ‘नेपाली समाज केन्द्रीय समिति, विभिन्न जिल्लाका कार्य समितिहरु र राजदूताबासको सहकार्यमा नेपालीमाथि आपत–बिपत पर्दा न्यायोचित कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । नेपाली समाजलाई उच्च स्थानमा पुर्याउने मेरो सपनामा हजुरहरुको साथ र सहयोग हुनेछ,’ ढकालले बताए । युएईको सबैभन्दा पुरानो समाजिक संस्था (स्थापना १९९०) नेपाली समाज युएईको १४ औं निर्वाचन नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु