आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

ग्रामिण क्षेत्रमा खुल्यो स्वास्थ्य क्लिनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १७:३७

मदन तिमल्सेना
लम्जुङ , २२ भाद्र – स्वास्थ्य सेवालाई ग्रामिण क्षेत्रका जनतासम्म पुर्याउने हेतुले लमजुङ जिल्ला मध्य नेपाल नगरपालिका वडा नं. २ सोतिपसलमा विवेकशिल स्वास्थ्य क्लिनिकको स्थापना गरिएको छ । उक्त क्लिनिकको शनिवार एक कार्यक्रमका बिच मध्यनेपाल नगरपालिका वडा नं.२ का अध्यक्ष पदम बहादुर थापाले उद्घाटन गरे ।

बिकास अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा व्यास नगरपालिका वडा नं. ८ का अध्यक्ष ओजराज पौडेल, सोतिपसल बजार बिकास समितिका पुर्व अध्यक्ष ऋषिराम पुरी, क्षितिज युवा क्लबका अध्यक्ष कमल गुरुगं, समाजसेवीहरु बिष्णुहरि बास्तोला, गोविन्द मिश्र, भोला पौडेल, हरिप्रसाद मिश्र लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा उपस्थित महानुभावहरुले उक्त क्षेत्रमा सर्वसाधारणको स्वास्थ्य जाँचको लागि राम्रो स्वास्थ्य संस्थाको आवश्यकता रहेको हुनाले विवेकशिलले त्यो आशा पुरा गर्ने र जनतालाई सर्वसुलभ स्वस्थ्य सेवा पुर्याउने विश्वास व्यक्त गरे । उक्त अवसरमा कम्पनिका तर्फबाट कार्यक्रमका सभापति विकास अधिकारीले यस क्षेत्रका सेवाग्राहीलाई विश्वशनिय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बाचा व्यक्त गरे । उक्त अवसरमा विवकशिलमा एक्सरे, नेवुलाईजर, ईसिजी, प्लाष्टर फार्मेसि, ल्यावका साथै दैनिक अनुभवि चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गरिने भएकोले लमजुङको दक्षिणी भेग र तनहूको उत्तरीभेगका जनताको लागि प्रभावकारी र सुविधादायक हुने सोतिपसल बजार बिकास समितिका पुर्व अध्यक्ष ऋषिराम पुरीले बताए । सो अवसरमा विभिन्न व्यक्तिहरुको स्वास्थ्य परिक्षण पनि गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु