• एनआरएनए एनसीसी जर्मनीको अध्यक्षका स्वतन्त्र उम्मेद्धवार लब थापाद्धारा प्रतिबद्धता पत्र सार्वजनीक,सदस्य हुनुमा आत्मगौरव हुने कार्यक्रम र योजना बनाउने प्रतिबद्धता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार १३:५२

    रबिन थपलिया । काठमाण्डौं । भाद्र २३ । गैरआवासीय नेपाली संघ एनसिसी जर्मनीको अध्यक्षका उम्मेद्धवार लव थापाद्धारा आफना चुनावी प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् । थापाले सार्वजनीक गरेको प्रतिबद्धता पत्रमा एनआरएनए जर्मनीलाई सक्षम र साझा संस्थाको रुपमा बिकास गदै सवैको अपनत्व हुने खालका संस्थाको रुपमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    एनआरएनए भित्र देखिएको सवैभन्दा ठुलो समस्या राजनीति र गुट उपगुट हावी हुनुहो । जस्का कारण धेरै व्यक्तिहरु एनआरएनएको छाता भन्दा बाहिर रहेका छन् । थापाले प्रतिबद्धता सार्वजनीक गदै एनआरएनए जर्मनीमा सबैलाई समेट्दै सबैले मेरो र हाम्रो सँस्था हो, यसलाई सँस्थागत गर्नु बलियो बनाउनु मेरो र हाम्रो पनि दायीत्व हो, भन्ने अपनत्वको भावना बिकाश गराउनु मुख्य लक्षय रहने उल्लेख गरेका छन् । उनले एनआरएनए जर्मनीको सदस्य हुनुमा आत्मगौरव हुने प्रकृतिका कार्यक्रम र योजना बनाउने प्रतिबद्धता व्यक्ति गरेका छन् ।
    एनआरएनए जर्मनीले जर्मनी आउने नवप्रवेशीहरुलाई खासै समेटन नसकेको र वास्ता समेत नगर्ने गरेको यदाकदा गनासो आइरहंदा थापाले जर्मनी आउने प्रत्येक नेपालीको लागि एनआरएनए सहयोगि हुने अवस्था सिर्जना हुने गरि काम गरिने तथा त्यसमा सबैको पहुंच र हितमा हुने गरि प्रभावकारि कार्यक्रम ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
    एनआरएनए भित्र बारम्बार उठने आर्थिक पादर्शीताको बिषयमा थापाले आर्थिक पारदर्शितालाई कडाईका साथ लागु गर्ने घोषणा गरेका छन् ।
    थापाले सार्वजनीक गरेको प्रतिबद्धता पत्रमा जर्मनीमा रहने नेपालीको हितको लागि मात्र नभएर देशकै हितमा रहने कामहरु समेत उल्लेख गरेका छन् । उनले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्नका लागि बिभिन्न कार्यक्रम निर्धारण गरि महत्वपुर्ण योगदान पुर्याउने उल्लेख छ ।
    के के छ थापाको प्रतिबद्धतामा ?
    म लब थापा NRNA जर्मनी अध्यक्ष पदको प्रत्यासिको तर्फ बाट यहाँहरु सम्पुर्णमा नमस्कार , हार्दिक अभिवादन सहित निम्न बमोजिमका मेरा प्रतिबद्धताहरु पेश गर्दछु।

    -Nepal Cultural House को कन्सेप्ट्मा हाम्रा अग्रज पुस्ताको रिटाएर्मेण्ट लाईफलाई आफ्नो आस्था संस्कार रितिरिवाज धर्म र संस्कृति बमोजिम स्वच्छन्दता प्राप्त गर्नको लागि, समय ब्यतित गर्न, आफ्ना दौतरिहरु बिच भलाकुसारि गर्न पाउने वातावरणको निर्माणार्थ एकै स्थानमा मठ मन्दिर बौद्द गुम्बा सहितको, आँफुहरु नेपालमै रहेको र सोहि बमोजिम आत्मियता महसुश हुने गरी केन्द्र स्थापनालाई प्रमुख महत्व दिने ।

    -म स्वतन्त्र ब्यक्ति हुँ मेरो उम्मेदवारि स्वतन्त्र हो ।

    – हाम्रा अग्रज हाम्रा धरातल अनि जग हुन । जर्मनीमा रहनु भएका सबै अग्रज हरु लाई लक्षित गरेर ७ वटै एल सि सि मार्फत बार्षिक कम्तिमा १ /१ वटा बिशेष कार्यक्रम को आयोजना गर्ने ।

    -NRNA प्रति उत्तरदायि हुँदै मेरो प्रमुख महत्व यहिँ निवासी स्थानिय समुदाय समाज र ब्यक्ति प्रति हुनेछ।

    -यस सँस्थामा सबैलाई समेट्दै सबैले मेरो / हाम्रो सँस्था हो, यसलाई सँस्थागत गर्नु बलियो बनाउनु मेरो / हाम्रो पनि दायीत्व हो, भन्ने अपनत्वको भावना बिकाश गराउनु मेरो मुख्य लक्ष हुनेछ।

    -जर्मनि आउने प्रत्येक नेपालि को लागि NRNA सहयोगि हुने अवस्था सिर्जना हुने गरि काम गरिने। सबैको पहुंच र हितमा हुने गरि प्रभावकारि कार्यक्रम ल्याउने।

    -प्रत्येक सदस्यमा NRNA जर्मनिको सदस्य हुनुमा आत्मगौरव हुने प्रकृतिका कार्यक्रम र योजना बनाउने। स्थानिय तह सम्मै प्रभाव पर्ने गरि सबै को भावना समेट्न सकिने गरि अन्तर्कृयात्मक कार्यक्रम सहित सँगठन बिस्तारका कार्यक्रमहरु गर्ने।

    -हामि नेपालि समुदायको मौलिक अधिकार कानुनि हक, हित संरक्षण का लागि कानुनि सल्लाह परामर्श र बहश पैरवी गर्न सो संबन्धि परामर्श केन्द्रको अवधारणा ल्याई योजना तर्जुमा गर्ने।

    -आर्थिक पारदर्शितालाई कडाईका साथ लागु गर्ने।

    -भैपरि आउने, बिभिन्न खाले घटना र दैबिक बिपत्तिका लागि फण्ड बनाई सो बमोजिम अनुदान सहयोग या रीण सहयोग का कार्यक्रम सन्चालन संबन्धि अवधारणा ल्याउने।

    -जर्मनिभर छरिएर रहेका बिभिन्न जात जाति धर्म लिंग वर्ग पेशा र ब्याबसायका सबै ब्यक्तिहरुलाई थप एकताबद् बनाई समुदाय परस्पर हितमा लाग्न अभिप्रेरित गर्ने।

    – बिभिन्न पेशा ब्याबसाय रोजगार र अध्ययन का क्षेत्रमा आई पर्ने समस्या समाधानका लागि महत्वपुर्ण समन्वयकारी भुमिका निर्वाह गर्दै संभव भए सम्मको सहयोग उपलब्ध गराउने।

    -आजका बालबालिका भोलिका कर्णधार हुन । उनिहरुलाई हाम्रो भाषा संस्कृति रितिरिवाज र बिबिधता संबन्धि ज्ञान दिनु या उत्तरदायित्व हस्तान्तरण गर्नु हाम्रो परम कर्तब्य हो। सो बमोजिम आबश्यकता अनुसारका कार्यक्रम भाषा शिक्षा कक्षा सन्चालन तथा संबन्धित अन्य कार्यक्रम संचालन गर्न का लागि योजना बनाईने।

    -हरेक कार्यक्रममा स्थानिय समुदाय संघ संस्था समाज र ब्यक्तिहरु सँग को सहकार्य र हतेमालोमा NRNA जर्मनि प्रति अपनत्वको महशुश हुने गरि, सबैलाई समेटि संघमा गोलबद्द बनाउन बिभिन्न कार्यक्रम तर्जुमा गर्ने।

    -स्वतन्त्र, योग्य, र सक्षम ब्यक्तिहरुको नेतृत्वमा आवश्यकतानुसार बिभिन्न बिषयगत समिति उपसमिति बनाई NRNA को निति कार्यक्रम र योजना निर्धारण र कार्यन्वयन गर्ने।

    -वर्तमान अवस्थामा जर्मनिमा बिशेश गरी लामो समय देखि बस्दै आउनु भएका, केहि समय देखि बस्दै आउनु भएका, नेपाल तथा बिभिन युरोपेलि देश बाट आउनु भएका र आउने क्रम मै रहनु भएका सबै हामि नेपालि एउटै समुदाय हौँ । NRNA जर्मनि सबैको हितका लागि बनाईएको साझा स्ँगठन हो यस्ले हामि सबैलाई एकता र भाईचाराको शुत्रमा बाँध्न सधै पहल गर्नेछ । यि सबै खाले समुदाय बिचको पुल र मध्यबिन्दु NRNA जर्मनिलाई बनाईनेछ।

    -नेपाल सरकार द्वारा घोषित नेपाल भ्रमण वर्ष 2020 लाई सफल पार्न का लागि बिभिन्न कार्यक्रम निर्धारण गरि महत्वपुर्ण योगदान पुर्याउने।

    -यस अघिका कार्यसमितिहरुले शुरु गरेका बिभिन्न कार्यक्रम योजना र अभियानहरुलाई बिना शर्त बिना पुर्वाग्रह कार्यन्वयन या सम्पन्न गरिनेछ।

    -आर्थिक सामाजिक रुपान्तरण लाई बिशेश महत्व दिइनेछ।

    -क्षेत्रीय समितिहरुलाई (LCC) प्रभावकारि बनाउन स्वायत रुपमा काम गर्ने वातावरण सिर्जना गरिनेछ।

    -नेपालमा भैपरी आउने बिभिन्न खाले कानुनि, सरकारी तथा गैर्ह सरकारी जटिलता र समश्या समाधानमा नेपाल सरकार तथा कुटनैतिक नियोग र संबन्धित ब्यक्ति या समुदाय बिच मध्यस्थता गरी समन्वयकारी भुमिका निर्वाह गरिनेछ।

    -हाम्रा बहु जाति, बहु धार्मिक, बहु साँस्कृतिक रितिरिवाज लाई थप संरक्षण, प्रवर्द्वन र जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै जाने।

    -Online प्रणाली बाट मतदान प्रबिधि को सुरुआत गर्ने।

    -निति, कार्यक्रम र योजना लाई बैठक नोट का पान्नामा मात्रै सिमित राखिने छैन यस्को प्रभावकारि निस्पक्ष कार्यन्वयन र अनुगमन समेत कडाईका साथ गरिनेछ ।

    अन्त्यमा, गरिनु पर्ने कामहरु सबै यत्ति बुँदाहरुमा पक्कै पनि सिमित छैनन । यदि यहाँहरुले जिम्मेवारी सुम्पिनु भएछ भने यहाँहरुकै सल्लाह सुझाव र मार्गदर्शन लाई शिरोपर गर्दै हामि सबैको हित हुने किसिमका धेरै काम गर्न सकिनेछ भन्ने बिश्वाश लिएको छु।

    खाँचो केवल हजुरहरुको साथ समर्थन हौशला र सकारात्मक दृश्टिकोणको छ। हामी हार्दिक ऐक्यबद्धताका साथ हातेमालो गर्दै एउटै डुंगा बाट सागरको यात्रा तय गर्नेछौँ।
    अग्रज हाम्रा धरातल हुन् , युवा वर्तमान हुन् भने बालबालिका भविश्य हुन् ।

    यि तिन वटै अवस्थाका हामि नेपालिहरुको संम्मिश्रण नै हाम्रो एकता शक्ति र संगठन हो भन्ने कुरामा अटल बिश्वाश राख्दछु म। मेरो उम्मेदवारि स्वतन्त्र हो भन्ने कुरामा सबैलाई आश्वस्त बनाउन चहान्छु।

    म भाषण मा भन्दा व्यवहार मा बिश्वाश राख्दछु, त्यसै कुरालाई मध्यनजर गर्दै यहाँहरुले समुदायको हितमा हुने गरि मैले उलेख गरेका र अझै त्यो भन्दा पनि धेरै तर उल्लेख गर्न नसकिएका अरु थप योजना र कार्यक्रमलाई कार्यन्वयन गर्न का लागि यहाँहरुको अ्मुल्य मत को खाँचो छ। सो को लागि यहाँ सम्पुर्ण संग हार्दिक अनुरोध गर्दछु ।
    धन्यबाद ।

    जय NRNA

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु