साम्बो प्रतियोगीतामा भाग लिनका लागि नेपाली टोली दिल्ली प्रस्थान, खेलकुद मन्त्रीले गरे विदाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २४, मंगलवार १२:२४

काठमाडौं, २३ भाद्र – भारतको राजधानी नयाँदिल्लीमा हुने साम्बो प्रतियोगीतामा भाग लिनका लागि नेपाली टोली सोमबार त्यस तर्फ प्रस्थान गरेको छ । आगामी सेप्टेम्बर १० देखि १६ सम्म जारी रहने अन्तराष्टिय स्तरको प्रतियोगितामा सहभागीता जनाउन नेपाली टोली दिल्ली प्रस्थान गरेको हो ।प्रतियोगितामा ४५ देश ले भाग लिदैछन् । प्रतियोगितामा सहभागी हुने खेलाडी सहितको टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सोमबार नेपाल पर्यटन बोर्डमा बिदाई गरे ।

नेपाल साम्बो फेडेरेशनका कार्यावाहक अध्यक्ष पुरुषोत्तम सिंखडाको सभापतित्वमा आयोजित कार्यक्रम मा खेलाडी सहितको टोलीलाई विदाई गरिएको थियो ।यसै माझ कार्यक्रम सहयोगका लागि अजोड इन्स्योरेन्सका सिईर्ओ कुमार बहादुर खत्रीले १७ खेलाडीलाई ५ लाख बराबरको बिमा पोलिसी हस्तान्तरण गरे । साथै, नेपाली साम्बो टोलीलाई चार्लिइन्टनेशनलले ट्रयाक सुट, गोल्ड स्टारले एक एक जोर जुत्ता र जेमिनी हाइ वेयर मनमैजुले टिसर्ट प्रायोजन गरेका छन् ।उक्त सामाग्री समेत उनीहरुलाई हस्तान्तरण गरिएको थियो ।
बिदाई कार्यक्रममा राखेपका सदस्य बद्रि प्रसाद अधिकारी, पूर्व सदस्य नारायण प्रसाद पौडेल आदीको सहभागीता रहेको थियो ।

यसै माझ, फेडेरेशनका उपाध्यक्ष रमेश पौडेलले प्रतियोगितामा नेपाली साम्बो टोलीले उच्च मनोबलका साथ खेल्ने दाबी गरेका छन् । त्यस्तै, फेडेरेशनका उप महासचिव कृष्ण बहादुर राउतले साम्बो खेलाडीहरुले पदक हासिल गरि देशको शिर उच्च पार्नेमा आफू आशावादी रहेको प्रतिकृया दिए ।

को- को छन दिल्ली जाने टोलीमा ?
प्रतियोगिता अन्तर्गत पुरुष तर्फ ५२ केजीमा निरज भण्डारी, ५६ केजीमा प्रविन गुरुङ, ६० केजीमा आशिस तामाङ, ६५ केजीमा विकल छन्त्याल, ६८ केजीमा सुदीप थापा, कृष्णलाल तामाङ र रविन्स तामाङ, ६४ केजीमा दिनेश महर्जन, ८२ केजीमा प्रदीप पाण्डे, ९० केजीमा सुदीप आचार्य र सुदन लामाले स्पर्धा गर्नेछन भने १ सय केजीमा सृजेश श्रेष्ठ सहभागी हुनेछन् । त्यसैगरी महिला तर्फ ४४ केजीमा मिरा पौडेल, ५२ केजीमा भगवती माझी, ५६ केजीमा सब्बा रानी महर्जन र ६० केजीमा रचना लामाले खेलमा भाग लिनेछन् ।

साथैअफिसियलहरुमा फेडेरेशनका अध्यक्ष एवं धनन्जय श्रेष्ठ, उपाध्यक्षहरु पुरुषोत्तम सिंखडा, राजकुमार श्रेष्ठ र रमेश पौडेल, महासचिव उत्तम श्रेष्ठ, सचिव मदन पौडेल,सदस्यरामबलि दास ,रेफि गाेपाल पुनमगर लगायत सहभागी हुनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु