तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

स्याटको अन्तर विद्यालय नाटक प्रतियोगित सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २४, मंगलवार १६:२८

काठमाण्डौं, २४ भाद्र – स्याटको वार्षिक कार्यक्रम अन्तरगत धुम्बाराही स्थित युनिभर्सल स्कुलमा अन्तर विद्यालय नाटक प्रतियोगित सम्पन्न भएको छ । नाटक प्रतियोगितामा पिक प्वाइन्ट स्कुल चुनिखेल प्रथम, युनिभर्सल स्कुल धुम्बाराही द्धितिय र साम्तेन स्कुल कपन तृतीय भएका छन् । विजयी टोलीलाई कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सनका निवर्तमान सचिव एवं स्याटका प्रमुख सल्लाहकार प्रल्हाद दाहालले सिल्ड र मेडल बितरण गरेका थिए ।स्याटका सदस्य विद्यालय मध्ये यस वर्षको उत्कृष्ट विद्यालयको उपाधी चुनिखेल स्थित पिक प्वाइन्ट स्कुलले प्राप्त गरेको छ । कार्यक्रममा एस ई ई २०७५ मा उत्कृष्ट नतिजा ल्याउन सफल स्याटका सदस्य विद्यालय र बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
स्याटका अध्यक्ष विजय खरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्याटका सचिव शक्ती नेपाल, गोल्डेन गार्डेन स्कुलका निर्देशक प्रदिप भट्टराई ,पिक प्वाइन्ट स्कुलका सहायक प्रअ महेश केसी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै दाहालले सबै मानिस कलाकार भएको बताए । ‘हामी सबैजना समय अनुसार आफ्नो भुमिका भरक हुने र तेहि अनुसार आफुलाई प्रस्तुत गर्ने गरेकाले हामी सबैजना कलाकार हौ’ उनले भने । साथै, हामी जे गर्छौ मन लगाएर गरौं सफल भइन्छ भन्ने आशय सहितको धारणा उनले राखे ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै अध्यक्ष खरेलले सबैलाई असल कार्यमा लाग्न र शत प्रतिशत मेहनत लगाएर काम गर्दा कहिल्यै असफल नहुने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु