नेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आजचौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदैदिनेश र प्रिया अभिनित´म बाँचु कसरी` बोलको गित सार्वजनिककाभ्रेमा धुलो दुध कारखाना लगाउन एसोसिएसनको मन्त्री लामालाई आग्रह "आज २०७८ असाेज ९ गते, शनिवार हेर्नुस् राशिफल

शनिवार चितवनमा १२२ वटा रोटर्याक्ट क्लबका अध्यक्ष र सचिवको भेला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १५:३५

चितवन, २५ भदौ – आउदो २८ गते शनिबार एक सय २२ वटा रोटर्याक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला कार्यक्रम हुने भएको छ । उक्त भेला भरतपुर महानगरपालिका वडा नंबर ०९ स्थित शरदपुरमा हुन लागेको हो ।

रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनले अन्य ६ वटा रोटर्याक्ट क्लबको सहयोगमा रोटर्याक्ट क्लबका अध्यक्ष र सचिवहरुको राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।

भेलामा रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका एक सय २२ वटा क्लबबाट सहभागीहरु आउने बताईएको छ ।

दिनभर चल्ने राष्ट्रिय भेलामा चार घण्टासम्म तालिम सत्र संचालनमा रहने छ भने नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी कार्यक्रम स्थलमा केही स्टल समेत राखिने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु