टेबलटेनिस टोली दोहा जानेगलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त

बा को चिट्ठी (शम्भु गजुरेल)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १७:१६

कविता
बा को चिट्ठी

प्यारो पुत्र
तिम्रो
ख्याउटे शरीर ,
रुन्चे अनुहार
सुस्त मति ,
टोलाएको गति हुदा
हाम्रो
कुचुक्क को बासस्थानमा
चिसो सिरेटो होस वा झरी
चरी ले चारा ओसारे झै
मेलापात को खाजा
अनि भारी बोकेर ,
अर्काको जुठो धोएर
तिम्रो आन्द्रा उकासेर
आफु
सबै रात भोकै जमिन्मा
ढल्थी तिम्री आमा ।

तर आज सोच्छौ तिमी
आमाको कारण तिमी होइन
बरु तिमिले आमा जन्माएको
आमालाइ तिमिले हुर्काएको
किन कि !
तिमी भौतिक धनी छौ
रुप यौवन मा मत्त छौ
आमाको त्याग त बुझेनौ।

छोरा
बुबाको
पसिनाको नुनिलो ,
कलेजी मा जमेको फोका
फोक्सोमा बढेको स्या स्या
मुटुमा बुझिदै गरेको धमनी
खिएर सुकि ढ्याक बन्दै गरेको
घुडाको पाङ्ग्रो
सबै तिरबाट निस्केको
थोपा थोपा रगतले
तिम्रो नाक
गाला
रुद्रघन्टी
साच्चै तिम्रो
शरीर बनेको छ
तर
तिमि त
आफुलाइ अवतरित
भगवान मान्दै छौ
कहिले
नथोत्रीने
अजर अमर चिरञ्जीवी जस्तो।

प्यारो छोरा
मैले त खाली
किनारा देखाएको मात्र हो!
निस्किन खोजेको
तिम्रो प्राण लाई
रोक्ने प्रयत्न गरेको मात्र हो
आफ्नै ममता को पासोमा जेलिएर।

जाउ
हरपल अरुबाट केही खोज्ने
अरुलाइ सन्सार दिएको
झ्याम्टा बजाउन खप्पिस
बिना मुटुको मानव आकृती
अघि बढ ,चन्द्र छोउ
तर तिम्रा प्राण बचाउने हरु
शत्रु अवस्य नहुनन!
त्यसैले अति नगर,,
ममता को बदनाम नगर।

शम्भु गजुरेल
नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु