• भक्तपुर फुटसल गोल कप २०१९को उपाधि विनायक शिक्षा निकेतनलाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १७:१९

    भक्तपुर, २६ भाद्र -युवाका साथ साथ साथ आवाज नेपालले सुर्यबिनायक र चागुनारायण नगरपालिकाको सहकार्य र बिभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरुसँगको समन्वयमा दोस्रो जिल्लास्तरीय अन्तर बिद्यालय यु१६ फुटसल गोलकप कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

    प्रतियोगितामा प्रथम, दृतिय र तृतीय क्रमशः बिनायक शिक्षा निकेतन स्कुल, ब्लु बर्ड स्कुल र क्याण्डिड इन्टरनेशनल स्कुल हुन सफल भए । प्रथम स्थान हासिल गर्ने समुहलार्इ पुरस्कार राशी रु बीस हजार, दृतिय हुने समुहलाइ पुरस्कार राशी रु दस हजार सहित प्रथम, दितिय र तृतिय हुने बिध्यालयहरुलाइ प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृत गरिएको थियो ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडिको रुपमा ब्लु बर्ड स्कुलका सन्तोष खड्का ट्रफी र नगद रु दुई हजार सहित पुरस्कृत भए भने उत्कृष्ट किपर र सर्वाधिक गोलकर्ता तर्फ भने क्रमशः बिनायक स्कुलका सौजन उदास र सुशील मानन्धरलाई पुरस्कृत गरिएको थियो ।

    सुटर्स फुटसलमा आयोजना गरिएको प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाले गरे । पुरस्कार बितरण गर्दै उनले यस्तो प्रतियोगिताले खेलाडी उत्पादनमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा यस्ता प्रतियोगिता आवस्यक रहेको बताए । साथै उनले सम्पुर्ण बिजयी बिद्यालयहरुलार्इ बधाई समेत ज्ञापन गरे ।
    कार्यक्रममा बोल्दै गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्माले विश्वमा धेरै देशहरू खेलका कारणले प्रख्यात रहेको बताउदै हाम्रो खेल क्षेत्र महत्व छुट्टै रहेको र यो प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत ज्ञापन गरे ।
    त्यसैगरी वक्ता तथा युवा अभियान्ता बिष्णुहरी दाहालले खेलमा जो सहभागी हुन्छ उसैले नै हार या जित ब्यहोर्छ र प्रतियोगितामा सहभागी हुनु नै ठुलो कुरा रहेको बताए ।

    कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका संस्थापक दिपेश बिसुङ्केले अबको समाज परिवर्तनको नेतृत्व युवा पुस्ताहरुले लिने बताउदै उक्त प्रतियोगिता पश्चात् भक्तपुर जिल्लामा युवाहरुको क्षेत्रमा भए रहेका विकृति र विसंगतिको विरुद्ध लड्न ‘हामी सक्छौं’ भन्ने अभियानमा साथ सहयोग गर्न सम्पुर्णमा अनुरोध गरे ।

    प्रतियोगिता ‘हामी सक्छौ’ अभियान सन्चालनको लागि स्रोत सकलनका लागि समेत आयोजना गरिएको हुँदा संस्थाले अवको एक बर्श असमनता विरुद्ध हामी लड्न सक्छौं र स्वदेशमै हामी केही गर्न सक्छौं भन्ने अभियान सन्चालन गरिने संस्थाका सचिव श्रीकृष्ण थापाले बताए । संस्थाका अध्यक्ष राजेश घिमिरेको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु