रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २७, शुक्रबार १३:५०

काठमाडौं। नेपालको गौरब तथा शानको प्रतिक इन्द्रजात्रा पर्व। आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्रजात्रा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाउने कार्य भैरहेको छ।

इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा परम्परागत रुपमा मनाउने कार्य भैरहेको छ। केही बर्षयता अमेरिका,बेलायत लगायतका मुलुकमा पनि यो पर्व मनाउने कार्य हुंदैआएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ भएको यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ।

आज चौथो दिन इन्द्रजात्राका दिन काठमाडौंको बसन्तपुरमा नेपालको जीवित देवीको रुपमा मानिएको श्रीकुमारीको रथयात्रा प्रारम्भ हुने भएको छ। अपरान्हतिर नेपालको राष्ट्रप्रमुखको प्रमुख आतिथ्यतामा जीवित देवी श्रीकुमारीको रथयात्रा हुने भएको हो। साथमा श्रीगणेश र श्रीभैरबको पनि रथयात्रा हुने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु