आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

असोज २ गते देखि नयाँ टेलिसिरियल ‘सक्किगोनि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार १४:२५

काठमाडौं । हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट बाहिरिएको टिमले नयाँ हाँस्य टेलिसिरियल प्रशारणमा ल्याउने भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ हाँस्य टेलिशृंखला ल्याउने जानकारी दिइएको हो । बिहिबार बेलुकी ८ः५० को समयमा प्रशारण हुन लागेको उक्त नयाँ टेलिसिरियलको नाम ‘सक्किगोनि’ राखिएको छ । ‘भद्रगोल’ उत्पादक संस्था मिडियाहबसंग कपिराइट र पारिश्रमिक विवाद बढेपछि जिग्री–पाँडेसहितको २१ जनाको टिम ‘भद्रगोल’बाट बाहिरएको थियो।
।नयाँ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा पनि सबै जसो कलाकार भद्रगोल कै रहने छन् । भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी लाई पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन् । टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ । सक्किगोनी असोज २ गते देखि नेपाल टेलिभिजन र युटुवमा प्रशारण हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु