स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

बज्र एकेडेमीमाअभिभावक गोष्ठी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २७, शुक्रबार १७:४२

ललितपुर, २७ भाद्र -गोदावरी नगरपालिका १३ स्थित झरुवाराशीमा अवस्थित बज्र एकेडेमीमा अभिभावक गोष्ठी सम्पन्न भएको छ । शुक्रवार बिद्यालयको सभा हल माझ आयोजित उक्त गोस्ठी कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिवावकहरुले भाग लिएका थिए । सहभागी अभिभावकलाई बाल केन्द्रित शिक्षण सिकाई सम्बन्धी प्रशिक्षण तथा अभ्यासमा सरिक गराईएको थियो । उनीहरुलाई अर्ली चाईल्ड एजुकेशन सेन्टरका अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा अभिवावकहरुले खेल सामाग्री मार्फत अभ्यास समेत गरेका थिए । सो क्रममा उनीहरुले खेल सामाग्री मार्फत घर, साइकल, टेबुल जस्ता डमि तयार पारेका थिए ।

एकेडेमीका प्रिन्सिपल उदिप भट्टले अभिभावकहरुलाई बाल केन्द्रित शिक्षण सिकाईका आधारभुत मुल्य मान्यता बारे जानकारी दिलाउने उदेश्यका साथ गोष्ठी कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने ‘ज्ञान र शिप भन्ने कुरा विद्यार्थीहरु मात्रलाई दिएर पुग्दैन भन्ने हाम्रो मान्यता हो, बिशेषत विद्यार्थी बालबालिकाका अभिभावक एबम् अध्यापकहरुलाई पनि यस सम्बन्धी ज्ञानर शिप दिने हो भने बाल मैत्री शिक्षण सिकाईमा उपलब्धी हासिल गर्न सकिन्छ भन्ने विश्वब्यापी मान्यतालाई ब्यवहारत प्रयोगमा ल्याउने प्रयास स्वरुप हामीले अभिभावकलाई लक्षित गरि कार्यक्रमको आयोजना गरेका हौ’।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु