काठमाडौं । अबिरल कृष्ण खरेलको “सबै भन्छन् दशैं आयो” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई रुजिना इन्टरटेन्मेन्टको युटयुबबाट सार्वजनिक गरिएको छ । अतुलसी बाँस्कोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा सुमन के.सीको एरेंज रहेको छ ।
एउटा निमुखाले दशैंको समयमा भोग्नु परेको यथार्थता समावेश गरिएको उक्त गीतमा आफ्नो संसार अधेंरो भएको कुरा गरिएको । हिन्दु नेपालीहरुको प्रमुख चाड वडादशैं नजिकिदै गर्दा सार्वजनिक भएको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।