काठमाडौ ।लोकप्रिय गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगरको “बैना रुमाल” बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ। गीतलाई सम्झना लामिछाने मगरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। बैकुण्ठ महतको शब्द रहेको उक्त गीतमा खेम सेञ्चुरीको संगीत रहेको छ भने कृष्ण बि.क.को एरेंज रहेको छ। माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा मायालु जस्तो नेपालमा कोही नभएको कुरा गरिएको छ ।
रामजी खाँण र सम्झना लामिछाने मगरको नै अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् । रामजी खाँण र सम्झना लामिछानेलाई रोमान्टिक मुडमा फिर्चड गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।