चलचित्र “रातो टिका निधारमा” को टाइटल गीत “रातो टिका निधारमा टलक्क टल्कियो” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २८ गते, शनिबार १३:३२

काठमाडौँ – चलचित्र “रातो टिका निधारमा” को टाइटल गीत “रातो टिका निधारमा टलक्क टल्कियो” सार्वजनिक भएको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको उक्त गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीत चलचित्र ‘अल्लारे’को सुपरहिट गीत ‘रातो टिका निधारमा’लाई रिमेक भर्सनमा ढालिएको हो । चलचित्र ‘अल्लारे’को गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर , सहदेव ढुंगानाको शब्द र शम्भुजित बाँस्कोटाको संगीत रहेको थियो भने रिमेक भर्सनमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु