ललितपुरमा झाकी सहितको ईन्द्रजात्रा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २८ गते, शनिबार १८:०५


ललितपुर, २८ भाद्र – ललितपुरमा नौलो परिवेश माझ ईन्द्रजात्रा पर्व मनाईएको छ । ललितपुर ०५ नंबर वडा कार्यालय र सिद्धि विनायक संरक्षण समितिको आयोजनामा सम्पन्न ईन्द्रजात्रा पर्व झाकी सहित मनाईएको हो । ललितपुर ०५ का वडाध्यक्ष विकासमान श्रेष्ठले आफ्नो रिति रिवाज एवं संस्कृतीलाई जगेर्ना तथा भाईचारा अभिबृद्धि गर्ने उदेश्यका साथ झाँकी निकालेर ईन्द्रजात्रा पर्व मनाईएको बताए । वडाध्यक्ष श्रेष्ठले परापुर्व काल देखी उपत्यकामा प्रचलनमा रहेको ईन्द्रजात्रा पर्व प्रति नयाँ पुस्ता पनि आकर्षित हुन सकोस् र पर्व प्रति अपनत्वबोध गर्न सकुन् भन्ने अभिप्रायका साथ यस पाली पृथक तबरले ईन्द्रजात्रा पर्व मनाईएको बताए ।

साथै, वडा कार्यालयले लगनखेल स्थित सिद्धि विनायक मन्दिरमा सिद्धि गणेशको पुजा अर्चना तथा समयबजी अर्थात प्रशाद ग्रहण कार्यक्रम समेत आयोजना गर्यो । सो अवसरमा सांसद, प्रमुख जिल्ला अधिकारी एवं सरकारी कर्मचारी, स्थानिय जनप्रतिनिधी, ललितपुर महानगरका कर्मचारी, वडाबासी, शभेच्छुक आदीले उपस्थिती जनाएका थिए ।

सिद्धि विनायक संरक्षण समितिका अध्यक्ष अशोक श्रेष्ठले ईन्द्रजात्रा पर्वको जगेर्ना गर्ने हेतुले हरेक वर्ष सिद्धि विनायकको पुजा अचर्ना तथा समयबजी कार्यक्रम आयोजना गर्ने गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु