दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तराष्ट्रिय पारालिम्पिक कमिटीका अध्यक्ष नेपालमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २९ गते, आईतवार ६:५३

शनिबार, २८ भदौ, २०७६
रबिराज रिमाल

काठमाडौं । अन्तराष्ट्रिय पारालिम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पार्सनले नेपालमा अपांगता खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ३ दिने भ्रमणका लागि शुक्रबार नेपाल आई पुगेका अध्यक्ष एन्ड्रयूले शनिबार राष्ट्रिय पारालिम्पिक कमिटि नेपालसँगको छलफलमा सो बताएका हुन् । छलफलमा बोल्दै अध्यक्ष एन्ड्रयूले पारालिम्पिकको अन्तराष्ट्रिय मान्यता प्राप्त नेपालको आधिकारिक संस्था राष्ट्रिय पारालिम्पिक कमिटि नेपालले अपांगता खेलकुदको विकासमा पु¥याएको योगदानको खुलेर प्रसंशा गरे ।
छलफलमा राष्ट्रिय पारालिम्पिक कमिटि नेपालका अध्यक्ष राधा घलेले सिमितस्रोत साधनका बाबजुद संस्थाले नेपालमा पारा खेलकुदको विकासका लागि वृहत योजनाका साथ अगाडी बढीरहेको बताउँदै नेपालमा अपांगता भएका खेलाडीहरुलाई प्रशिक्षण दिई अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि गराईरहेको बताइन् ।
अन्तराष्ट्रिय पारालिम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पार्सन ३ दिने भ्रमणका क्रममा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुसँग पारा खेलकुदको विकासका विभिन्न पक्षहरुमा छलफल गरी आइतबार भुटान प्रस्थान गर्नेछन् ।एशिया भ्रमणको क्रममा अध्यक्ष एन्ड्रयू शुक्रबार जापानबाट नेपाल आएका हुन् । आज शनिबार अध्यक्ष एन्ड्रयूलाई राष्ट्रिय पारालिम्पिक कमिटि नेपालले अपांगता भएका खेलाडीहरु सहित चन्द्रागीरि, स्वयंभू र हनुमानढोकाको भ्रमण गराएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु