आफ्नो मायाका लागी प्रेम थापाले ‘धर्म’ बदले”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार ०७:२४

सचिन्द्र श्रेष्ठ ,भाद्र २९
नेपाली लोक संगीतमा फेरि एक पटक धर्मका कारण मायालाई अलगै बनाउन सकिन्न ,मायाका लागि जात, धर्म कहिले पनि तगारो बन्दैन भन्ने सन्देश दिदै पुनः किरण बाबु पुनले ‘धर्म’ बोलको गीत बजारमा ल्याएका छन।
उक्त गीतलाई चर्चित गायक किरण बाबु पुन र संजिबनिको स्वर दिएका छन।गितको निर्देशन बाबु राजा के सी (उज्ज्वल) ले निर्देशन गरेका छन भने वरिष्ठ क्यामेरामेन मधुर बस्नेतको छायांकन रहेको छ ।
किरण बाबु पुनकै शब्द रहेको गीतमा सम्पादन नबिन घर्ती मगरको रहेको छ भने अभिनय प्रेम थापा र सगुन शाहीको रहेको छ । यो गीतलाई कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङ्गले आफ्नै यूट्यूब च्यानल मार्फत बजारमा ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु